मध्य पुर्विया थारु भाषा प्रशिक्षण कार्यक्रम

0
292

डि.एन चौधरी,उदयपुर । उदयपुरको जोगिदहमा मध्य पुर्विया थारु भाषा प्रशिक्षण कार्यक्रम शुरु भएको छ । थारु कल्याणकारणी सभा गाउँ इकाई समिती जोगिदह १ र २ को आयोजना र त्रियुगा नगरपालिका वडा नम्वर १ कार्यलयको सहयोगमा आइतवार देखि कार्यक्रम शुरु भएको हो ।

थारु भाषा संरक्षण सम्र्वधन गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको थारु कल्याणकारणी सभा गाउँ इकाई समिती जोगिदहका अध्यक्ष उमाकान्त चौधरीले बताउनुभयो ।

दुई दिन सम्म संचालन हुने कार्यक्रमका प्रमुख अतिथी त्रियुगा नगरपालिकाका उपमेयर देवी कुमारी चौधरीले बढ्दो आधुनिकिरण संगै थारु भाषा लोप हुने अवस्थामा छ ।अहिले थारु भाषमा नेपाली लगाएत अन्य भाषाको प्रयोग बढि रहेको पाइन्छ । थारु भाषा वाट बोलीने पुराना शव्दहरु हराइसकेका छन् । समयमा नै भाषाको संरक्षण गर्न सकिएन भने थारु जातीको पहिचाननै लोप हुन सक्छ । त्यसैले भाषा प्रशिक्षणका कार्यक्रमहरु गाउँ,टोल समुदायमा गर्न जरुरी छ । आफु थारु भाषा,संस्कृति,रितिरिवाज,चाड,पर्व र आफनो पहिचानका जोगाउनका लागी निरन्तर लागि परेको वताउनु भयो । वहाले,आफनो क्षेत्र वाट भाषा,धर्म ,संस्कृति,पहिचान संरक्षणका लागी प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रमको सहजिकरण थारु अगुवा तथा भाषा विज्ञ महेश चौधरी र सन्त कुमार चौधरीले गरिरहनुभएको छ । सोमवार सम्म संचालन हुने थारु भाषा प्रशिक्षण कार्यक्रममा स्थानिय महिला पुरुष गरि ३५ जनाको सहभागिता रहेको छ ।

थारु कल्याणकारणी सभा उदयपुरका सभापती शिवकान्त चौधरी,वडा अध्यक्ष मनोज कुमार चौधरी लगाएत थारु अगुवाहरुले भाषा संरक्षणमा जोड दिएका छन् ।