थारु कलाकार सम्मानित 

0
298

निशान प्रकृति थारु, माघ ५,झुम्का ।   थारु सांस्कृतिक कला मञ्चले पुर्वका विभिन्न थारु कलाकारहरुलाई एक कार्यक्रमवीच सम्मान तथा पुस्कृत गरी सम्मान गरेको छ ।

मोरङको ग्रामथान–३ रङटोली स्थित लक्ष्मी आधारभुत विद्यालय प्रारङगमा पुर्वका सातजना थारु कलाकारहरुलाई सम्मान गरेको हो ।
यसरी सम्मानित तथा पुरस्कृत हुनेहरुमा उत्कृष्ट गायक÷गायिका राजेन्द्र खाँ, गीता चौधरी उत्कृष्ट नायक÷नायिका तर्फ राजेन्द्र भगत, कौशल चौधरी, उत्कृष्ट खलनायक अजय सरदार छन भने नृत्य निर्देशक दर्बीलाल सरदार र नवप्रतिभा गीतकार कृष्ण चौधरी रहेका छन ।

कार्यक्रमका प्रमुख अतिथिमोरङ क्षेत्र–४ प्रतिनिधि सभा सदस्य अमनलाल मोदी, विशिष्ट अतिथि पुर्व एसपी विद्यानन्द माझी, थारु कल्याणकारीणी सभा मोरङका अध्यक्ष प्रदिप भगत लगायतले थारु सांस्कृति कला अर्वाड–२०७६ बाट कलाकारहरुलाईयही माघ १ गते सम्मानित गरेका थिए ।

कलाकारहरु राष्ट्रियका गहना भएकाले वहाँहरुलाई सम्मान गर्नुपर्छ, सांगीतिक क्षेत्रमावहाँहरुले दिएको योगदान तथा मुल्यलाई हामी सबैले कदर गर्नु पर्दछ । यस्ता किसिमका कार्यक्रम निरन्तरता दिदै कलाकारलाई सम्मान गर्दै लैजाने कार्यक्रम संयोजक तथा गायक प्रवलदीप विश्वासले जानकारी दिएका छन ।