उदयपुरमामाघ्या सकराटी महोत्सवको तयारी भव्य

0
319

माघ–३, उदयपुर
उदयपुरमा यसवर्ष मगरहरुको महान चाड म माघ्यासकराटी भव्य रुपमा मनाईदै छ । उदयपुरको त्रियुगा नगरपालीका वडा नम्बर १० बोक्से खसिबजारमा माघेसक्रान्तिको अवसर पारेर माघ्या सकराटी तथा हुर्रा महोत्सव २०७६को भव्य तयारी गरिएको शुक्रवार पत्रकार सम्मलेलन मार्फत जानकारी गराईएको छ ।

नेपाल मगर संघ त्रियुगा नगर कमिटी र वडा कमिटी १०,११ र १२को संयुक्त आयोजनामा माघ्या सकराटी तथा हुर्रा महोत्सव २०७६ माघ ४ गते शनिवारका दिन आयोजना गर्न लागेको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।

मगरहरुको मौलिक धर्म, संस्कार संस्कृति, भेष–भुषा र भाषाको संरक्षण र संबद्र्धन गर्न महोत्सवको आयोजना गरिएको नेपाल मगर संघ त्रियुगा नगर कमिटिका अध्यक्ष ज्ञानेन्द्र मगले जानकारी गराउनु भयो ।

एक दिने महोत्सवमा मगरहरुको मौलिक कला संस्कृति झल्काउने सांस्कृतिक झाकि, नृत्य, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति, मगरहरुको मौलिक खानाको परिकारहरु साथै हुर्रा नृत्य रहने आयोजक कमिटीका अध्यक्ष ज्ञानेन्द्र मगले जानकारी गराउनु भयो ।

नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोक्का मगरको प्रमुख आतिथ्यतामा सञ्चालन हुने महोत्सवमा उपस्थित सम्पुर्ण अतिथीहरुलाई सगुनको रुपमा मगरहरुको खानाको परिकार वितरण गरिने आयोजक कमिटीका अध्यक्ष मगरले बताउनु भयो ।