उदयशिलको ११ औँ बार्षिक साधारण सभामा लोक स्टार विनोदको प्रस्तुती 

उदयपुर । उदयशिल सामुदायिक बचत तथा श्रmण सहकारी संस्था लिमिटेड चुहाडेको ११ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार दनुवार समाजको त्रियुगा ८ बैरनीमा रहेको सभा हलमा कार्यक्रम सम्पन्न भएको हो ।

 

 

 

 

 

 

 

 

 

“बचत गर्ने वानी बसालौ,सुनौलो भविषयको लागी,स्वालम्वन आत्मविश्वास बनौ,देश समाज आर्थिक समृद्धिका लागी” भन्ने मुलमन्त्रको साथ स्थापना भएको संस्थाको वार्षिक सभामा लोक स्टार बिनोद दनुवारको सांगतिक प्रस्तुती रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी प्रदेश सभा सदस्य सुनिता चौधरीले अहिले गाउँ घरमा स्थापना भएको सहकारीले महिलाहरुमा बचत गर्ने बानीको विकास भएको बताउनुभयो ।

आर्थिक कारोवार गर्ने संस्था संचालन गर्नु आफैमा एक चुनौतीपुर्ण कार्य भएकोले सहकारी नियम कानुनमा रहेर समस्त ग्राहक वर्गहरुलाई दक्ष तथा अनुभवी कार्मचारी,आधुनिक प्रविधीको प्रयोगद्धरा विना झनझटिलो,छिटो,छरितो सरल तरिकाले सेवा प्रदान गरिरहेको संस्थाको अध्यक्ष कृष्ण कुमार राउतले बताउनुभयो । वहाले,संस्थाको शेयर पुँजी २ करोड ५० लाख कायम गरिएको छ । उक्त शेयर पुँजीलाई सदस्यहरु माझ बिक्रि गरी चुक्क्ता पुँजीमा परिणत गरिने बताउनुभयो ।

कार्यक्रममा त्रियुगा नगरपालिकाका प्रवक्ता केदार दनुवार, पोसोक उदयपुरका अध्यक्ष सृजना दनुवार,विभिन्न संघ संस्थाको प्रतिनीधीहरुले संस्थाको प्रगतीको शुभकामना व्यक्त गरेक थिए ।

भविष्यमा एम्वुलेन्स सेवा प्रदान गर्ने योजना बोकेको संस्थाले विप्रेषण सेवा,मोवाइल ई– ब्याकिंग सेवा सगै खुुत्रुके बचत योजना,गृहिणी नारी वचत योजना,वाल शिक्षा वचत,कर्मचारी,जेष्ठ नागरिक तथा बिमा वचत योजना लगाएतका अभियान हरु संचालन गर्दै आइरहेका छन् ।