Home प्रमुख समाचार फुलवारी टोल विकास संस्थाको बार्षिक साधारण सभा सम्पन्न

फुलवारी टोल विकास संस्थाको बार्षिक साधारण सभा सम्पन्न

0
फुलवारी टोल विकास संस्थाको बार्षिक साधारण सभा सम्पन्न

उदयपुर ।  फुलवारी टोल विकास संस्थाको तेश्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ८  उत्तरवारीटोलमा रहेको संस्थाले आफनो बार्षिक सभा शनिवार सम्पन्न गरेको छ ।

राज्यको सवै भन्दा तल्लो नकायको रुपमा लिएको टोल विकास संस्थाले टोलको दिगो विकास तथा बिभिन्न सचेतनामुलक कार्यक्रमहरु गर्ने उद्धेश्यले स्थापना भएको संस्थाले सचेतना मुलक तथा आदीवासी जनजातीको भाषा,संस्कृतिको जर्गेनाका लागी विभिन्न कार्यक्रमहरु संचालन गर्दै नमुनाको रुपमा रहेको कार्यक्रममा सहभागीहरुले बताएका छन् । संस्थाको गतिविधी तथा गाउँमा रहेको समस्याहरुको वारेमा संस्थाका सल्हाकार रामवती चौधरीले जानकारी गराएका थिए ।

वडा नम्वर ८ को महिला सदस्य कमला कटुवालको प्रमुख अतिथ्यता रहेको कार्यक्रममा वहाले,वडाका हरेक क्रियाकलाप तथा कार्यक्रमहरु टोल विकास संस्थाहरुको समन्वय र सहभागीतामा मात्र गरेको वताउभयो ।टोल विकासहरुवाट आएको मागहरुलाई उच्च प्रथमिकतामा राखेर काम गरिरहेको वताउनुभयो । कार्यक्रममा वडा सदस्य गुणराज दनुवारले यो भन्दा अगाडी संस्थाले चरा चुरङ्गी मार्न निषेध गरिएकोे काम प्रसंसनिय र उदहारणीय रहेको बताउनु भयो ।

वडा टोल समन्वय समितीका संयोजक बौद्ध वहादुर दहाल,वडा भित्र रहेको टोल विकासका अध्यक्ष तथा प्रतिनिधी,संघसंस्थाका प्रतिनिधी लागएत मन्तव्य राखेका थिए । टोलमा रहेको समस्याहरुलाई संस्थाले प्रतिवेदनको मार्फत वडाका प्रतिनिधीहरुलाई बुझाएको छ ।


टोल विकास संस्थाको अध्यक्ष हरिदेव चौधरीको अध्यक्षता सम्पन्न कार्यक्रममा जनप्रतिनीधी,वडा भित्रको टोल विकासका अध्यक्षहरुको गाउँको समस्याहरुको वारेमा अनुगमन समेत गरेका थिए ।