सामुदायिक वनद्धरा फलामको औजार वितरण

श्रीपुर,उदयपुर । श्री सरस्वती सामुदायिक वनले फलामको कृषी औजार उत्पादन गर्ने मेसिन सहित फलामका समाग्रीहरु वितरण गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका ५ मा रहेको सामुदायिक वन उपभोक्ता समितीले सोमवार  औजार उत्पादन गर्ने उधोगको उद्धघाटन कार्यक्रममा वितरण गरेको हो ।

स्थानिय उपभोक्ता युवराज बिश्वकर्मालाई संस्थाको गरिवी निवारण कार्यक्रम अन्तर्गत ३० हजार वरावरको समाग्री वितरण गरिएको समितीका अध्यक्ष दिपक बान्तवाले बताउनुभयो । उहाँले लोप हुदै गएको आरन पेशालाई संरक्षणमा सहयोग पुग्ने बताउनुभयो ।

श्रम र सिपको सम्मान गरौ,कृषि औजारमा आत्म निर्भर बनौ भन्ने उदेश्यले संचालनमा आएको उधोगको उद्धघाटन त्रियुगा नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष उद्धव सिंह थापाले गर्नुभएको थियो ।उहाँले आरन पेसा पछिल्लो समय हराउदै गएको हुदा फलामका कृषि समाग्रीहरु उत्पादनमा समस्या हुदै गएको बताउनुभयो ।उहाँले, यस्ता ओझेलमा परेका पेशाहरुलाई व्यवस्थीत गरी उधोगको रुपमा संचालनमा आउनु पर्नेमा जोड दिनुभयो ।