बैरनी,उदयपुर । महिलाहरुको क्षमता अभिबृद्धिका लागी शिपमुलक तालिम दिएको छ । त्रियुगा नगरपालिका वडा नम्वर ८ का महिला दिदिवहनीहरुलाई गुडिया,कुशन बुनाई शिपमुलक तालिम दिएको हो ।
जनता संग उममेयर कार्यक्रम अन्तर्गत त्रियुगा नगरपालिका ८ नम्वर वडा कार्यक्रलयको सहकार्य र स्वलम्वन महिला समुहको आयोजनामा वडा भित्रका महिलाहरुलाई शिप सिकेर व्यवसायिक बन्न सहयोग पुग्ने उद्धेश्यले तालिमको आयोजना गरिएको महिला समुहका अध्यक्ष सृजना रेग्मीले बताउनुभयो । उहाँले वडा भित्र रहेको टोल विकास संस्थाहरुको सिफारिसमा २३ जना महिलाहरुलाई तालिम दिएको बताउनुभयो ।
यस्तै शिप सिकी सकेपछी महिलाहरु आत्मनिर्भर हुने भएकोले आर्थिक आर्यआर्जन हुने शिपमुलक तालिमहरुको आवश्यक रहेको वडा महिला सदस्य कमला कटुवालले बताउनुभयो । उहाँले वडा वाट महिलाहरुको लागी बाख्रा,बंगुर पालनमा पनी सहयोग गरेको वताउनुभयो । त्यस्तै सिलाई कटाई र कृषि सम्वन्धिको कार्यक्रमहरु गरिसकेको बताउनुभयो ।
माघ ११ गते वाट संचालन भएको तालिम त्रियुगा ८ बैरनीमा रहेको दनुवारी भवनमा २२ गते विहिवार सम्पन्न भएको छ। शिपमुलक तालिम पाए पछी महिलाहरु खुसी भएका छन् । तालिमको सहजिकरण प्रशिक्षक संगिता बिष्टले गर्नुभएको थियो ।