न्यानो कपडाको प्रखाईमा मुसहर समुदाय

0
362

डिएन चौधरी,उदयपुर । चिसो बढे संगै रातको समयमा हुस्सु र शितलरहले गर्दा यती वेला अति विपन्न घर परिवारमा न्यानो कपडाको आवश्यता पर्न थालेको छ ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ९ गैरुनका मुसहर समुदायमा कसैले न्यानो कपडा वितरण गर्न आईदिए हुन्थियो नी भन्ने आशमा वालवालिका र बृद्धबृद्धाहरु बसिरहेका छन् । न त उनीहरु संग जाडोमा लगाउने बाक्लो खाल्को लुगा नै छ न त रातमा ओढने न्यानो सिरक नै ।

हामी रेडियो उदयपुरको समुह दिउसोको समयमा रिर्पोटिङमा जादा उनीहरु आगो तापेर नै बसिरहेका थिए । कती धेरै जाडो हुन्छ,घाम नै मज्जाले लागदैन् के गर्नु जाडोमा केहि काम गर्न बाहिर जान सकेको पनी छैन् आगो ताप्दै गरेको नेविलाल सदाले भने। विहान काम गर्न जाउ जाडो हुन्छ आगो ताप्दै बस्या छु । उनले सुनाउदै गए, पहिला त हामी माटो काट्ने काम र्गथ्यौ तर अहिले खेतवालाले जेसीवी,ट्याक्टर लगाउछ हाम्रो कामनै छैन  अरु काम गर्न जानेको छैन के गरु ? त्यस्तै नजिकै रहेकी मनोवती सदा भन्छिन्, आगो बाल्न दाउरा पनी छैन गोइठा,पात पत्ङगरहरु खोजर ल्यायाछु अनी दिनभरी आगो ताप्दै बस्छु ।

त्यस्तै अर्की नजिकै रहेकी लालो सदा लामो समय देखी विरामी भएर काम गर्न सकेको छैन् । आफुले राम्रो उपचार नपाएको हामीलाई सुनाईन् । पैशा भए पो उपचार गर्नु,श्रीमान कहिले काहीँ मजदुर काम गर्न जानु हुन्छ र्दुइ छाक खान त पुगदैन उपचार कसरी गर्नु?राती ओढ्नको लागी एउटा सिरक मात्र छ त्यो पनी च्यातनै लाग्या छ ।

त्यस्तै सोहि समुदायकी सम्तोलिया सदाले अहिले सम्म तपाईहरु वाहेक हाम्रो हाल खवर बुझन कोहि नआएको बताइन् । वडा अध्यक्ष,सदस्यहरुलाई वाटोमा बाइकमा कुदेको देख्छु तर हाम्रो अवस्थाको विषयमा कहिले सोधदैन् । काम पायो भने गर्छु नभए घरमै बस्नुपर्ने बाध्यता छ आज पनी काम नभएर घरमै छु ।

पहिला एक चोटी खोइ कस्ले पातलो खाल्को बल्याङकेट दिएको थियो । अहिले त्यो पनी च्याति सक्यो कुन संस्थाले देको थियो थाहाँ भएन तर वडा र नगरपालिकाले भने देको होइन् उनले भनिन् ।

यता वडामा दलित समुदाय तथा मुसहर समुदायको अवस्थाको वारेमा बुझदा वडा कार्यलय वाट मुसहर समुदायमा न्यानो कपडा वितरण गर्न सम्भव नभएको त्रियुगा ९ को वडा अध्यक्ष धनवहादुर दनुवार बताउनुहुन्छ । वडा भित्र लगभग २ सय ५० घर जती सदाहरु रहेको तर वडामा न्यानो कपडाको लागी वजेट नै नभएकोले केहि गर्न नसकिने वताउनुभयो । तै पनी सहयोगको लागी रेडक्रस संग कुरा राख्ने रेडियो उदयपुर संगको टेलिफोन कुराकानीमा उहाँले बताउनुभयो । उहाँले थप्नुभयो यो वर्ष वडाले मुसहर समुदायमा जनचेतना कार्यक्रम गर्ने भनेर बजेट छुट्याएको छ छिटै कार्यक्रम गर्छौ ।

यती वेला चिसो बढे संगै अति विपन्न परिवारहरु प्रभावित भइरहेका छन् । मुलुकमा चिसोले कठ्याङग्रिएर कती जनाको मृत्यु भइसकेको समाचारहरु पनी बाहिर आइरहेको छ ।

यो समयमा वडाले,नगरपालिका वा सम्न्धित निकाले वजेट छैन न्यानो कपडा वितरण गर्न सम्भव छैन् भनेर पन्छिन् मिल्छ र ? जन चेतनामुलक कार्यक्रम संचालन गर्नु राम्रो कुरा हो तर पहिला विपद्लाई प्राथमिकतामा राखेर जिउ ज्यानको रक्षा पो गर्ने हो की ? उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ९ को अति विपन्न तथा मुसहर वस्ती उदहारण मात्र हुन् यो समस्या सवै तिर छ । सम्बन्धित निकायको समयमै ध्यान जान जरुरी छ ।