उदयपुरमा अटोले मोटरसाकललाई ठक्करदिदा नौं जना घाइते

0
371

उदयपुर । उदयपुरमा मोटरसाईकल र अटो (टेम्पो) एक आपसमा ठोक्किदा नौं जना घाइते भएका छन् । अत्याधिक गतिमा रहेको प्रदेश नं. ०२ ०१००३७ नम्बरको अटो र स ७ प ५०६७ मोटरसाईकल मदन भन्डारी राजमार्ग अन्तर्गत त्रियुगा नगरपालिका १० कालिखोलामा शुत्रवार करिव ३ वजेको समयमा एकआपसमा ठक्कर खाँइ दुर्घटना हुँदा एक बालिकासहित नौं जना घाइते भएका हुन् । मोटरसाईकलका दुईसहित नौजना घाइते भएका हुन् ।

घाइत हुनेहरुमा त्रिनपा ८ बाघचौरीका ३५ वर्षिय लक्ष्मण राउत, सोही वडाको साहीखोलाका ४० वर्षिया सिता बस्नेत, ४० वर्षकै ज्ञानु कार्की, सोही वडाका ६५ वर्षिय हरि बुढाथोकी, ६० वर्षिया सेतीमाया विक, उनकी नातीनी ६ वर्षिय वालिका युना विक र त्रिनपा १० का ६० वर्षिया मसाली वि.क. घाइते भएका हुन् ।

त्यस्तै मोटरसाईकल चालक त्रिनपा ८ उत्तरवारीटोलका २७ वर्षिय राजेश चौधरी र पछाडि सवार उनकी श्रीमती २३ वर्षिया निसा चौधरी पनि घाइते भएका हुन् ।

गाईघाटबाट यात्रु बोकेर राजाबास तर्फ जादै गरेको अटो र विपरित दिशाबाट आउदै गरेको मोटरसाईकल कालिखोलामा ठक्कर खाएको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भने घाइतेहरुलाई हाल उपचारका लागि विराटनगर लगिएको प्रहरीले जनाएको छ । टेम्पोचालक सुरेन्द्र चौधरी भने फरार रहेको जनाइएको छ । प्रहरीले उनको खोजी गरिरहेको छ ।

अत्याधिक गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान छ । अटोले गलत दिशामा गएर मोटरसाईकललाई ठक्कर दिएको स्थानीयले बताएका छन् ।

समाचार पुर्णपुस्टीवाट सम्भार