Wednesday, July 22, 2026
Homeकोशी प्रदेशनागरिक सहायता कक्षबाट निःशुल्क निवेदन लेख्ने सेवा सुरु

नागरिक सहायता कक्षबाट निःशुल्क निवेदन लेख्ने सेवा सुरु

उदयपुर, असार ४ गते । सेवाग्राहीलाई सरल, प्रभावकारी, प्रविधिमैत्री तथा नागरिकमैत्री सेवा प्रदान गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय उदयपुरले कार्यालय परिसरको भुइँतलामा नागरिक सहायता कक्ष स्थापना गरेको छ। जिल्ला प्रशासन कार्यालय उदयपुरद्वारा जारी सूचनाअनुसार प्रशासनिक सेवा लिन आउने तर निवेदन लेख्न नजान्ने वा नसक्ने सेवाग्राहीका लागि सहायता कक्षमार्फत निःशुल्क निवेदन लेखिदिने सेवा सुरु गरिएको हो। विशेषगरी ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्ति तथा गर्भवती महिलालगायतका सेवाग्राहीलाई लक्षित गरी उक्त सेवा सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ। प्रमुख जिल्ला अधिकारी मेखबहादुर मगरातीका अनुसार प्रशासन कार्यालयबाट सेवा लिन आवश्यक पर्ने निवेदन अब नागरिक सहायता कक्षमार्फत निःशुल्क रूपमा तयार गरिनेछ। सेवाग्राहीलाई सहज र झन्झट रहित सेवा उपलब्ध गराउने उद्देश्यले यो व्यवस्था गरिएको हो। जिल्ला प्रशासन कार्यालयले सम्बन्धित सबै सेवाग्राहीलाई नागरिक सहायता कक्षमा सम्पर्क गरी निःशुल्क सेवा अनुरोध गरेको छ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular