यो वर्ष उदयपुरका थारु समुदायले लैंगिक हिसां विरुद्धको अभियान संगै समा चकेवा पर्व मनाए 

0
366

डिएन चौधरी,उदयपुर । यो वर्ष उदयपुरका थारु समुदायका महिला दिदि वहिनीहरुले लंैगिक हिसां विरुद्धको १६ दिने अभियान संगै समा चकेवा पर्व मनाएका छन् । त्रियुगा नगरपालिका वडा नम्वर ८ उत्तरवारीटोल,देउरीका थारु समुदायका महिला दिदि वहिनीहरुले आफनो मौलिक तथा सांस्कृति पर्व संगै लैंगिक हिसांका विरुद्धको अभियानमा पनी सहभागी भएर पर्व मनाएका छन् ।

 

मंगलवार फुलवारी टोल विकास संस्थाको आयोजना,मलिथम थारु सेवा समाज उदयपुरको समन्वय ,वडा कार्यलय ८ को सहयोग र ओरेक नेपालको समन्वयमा कार्यक्रम सम्पन्न भएको थियो ।

समा चकेवाको अवसरमा प्रतेक वर्ष ंसंस्थाले जिल्ला स्तरीय रुपमा सास्कृतिक महोत्सव गर्दै आए पनी यो वर्ष कोभिड १९ को महामारीले गर्दा भव्य रुपमा महोत्सवको आयेजना गर्न नसके पनी गाउँ स्तरीय रुपमा कार्यक्रमको आयोजना गरिएको सस्थाका सल्हाकार रामवती चौधरीले बताउनुभयो ।

ओरेक नेपालका अध्यक्ष समेत रहनुभएको चौधरीले नोभेम्वर २५ देखि डिसेम्वर १० सम्म लैंगिक हिसां विरुद्धको अभियान विश्व भर मनाइरहेको र यही विचमा थारु समुदायको महिला दिदि बहिनीहरुको मौलिक पर्व समा चकेवा परेको हुनाले अभियान संगै पर्व पनी मनाएको बताउनुभयो ।

यस्तै कार्यक्रमका प्रमुख अतिथी त्रियुगा नगरपालिकाका उप प्रमुख देवी कुमारी चौधरीले समा चकेवा पर्व भाई वहिनीको पवित्र प्रेम संग जोडिएको बताउनुभयो । उहाँले थारु समुदाय कला ,संस्कृतिको विषयमा सवै भन्दा धनी रहेको बताउनुभयो । आफुहरु जन प्रतिनिधीभएर आए पछी समुदायको संस्कृति प्रर्वधन,सम्र्वधनका लागी तत्पर तयार रहेको बताउनुभयो ।

कार्यक्रममा त्रियुगा नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष कमल कुमार राउत ,वडा महिला सदस्य कमला कटुवाल,वडा सदस्य गुनराज दनुवार,ओरेक नेपालका कार्यक्रम अधिकृत पुर्णिमा चौधरी लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा “मौनता तोडौःबलात्कार र लैगिंक हिंसा बिरुद्ध बोलौं”लेखिएको अवधारणा पत्र समेत प्रस्तुत गरिएको थियो भने थारु समुदायमा समा चकेवा कसरी खेलिन्छ ? कसरी मनाइन्छ? गित,संगित र नृत्य द्धरा प्रस्तुत गरिएको थियो । कार्यक्रम हरि देव चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।