Tuesday, July 21, 2026
HomeUncategorizedउदयपुरमा करेण्ट लागेर ११ वर्षीय बालकको मृत्यु

उदयपुरमा करेण्ट लागेर ११ वर्षीय बालकको मृत्यु

रेडियो उदयपुर, २०८२ साउन २१ । उदयपुरको त्रियुगा नगरपालिका–७, भण्टाबारीमा करेन्ट लागेर एक बालकको ज्यान गएको छ। मंगलबार साँझ करिब ७ः३० बजे देवन बि.क.का ११ वर्षीय छोरा दर्शन बि.क. आफ्नै घरमा बिजुलीको बल्ब जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल उदयपुर ल्याइएको थियो। तर, उपचारकै क्रममा साँझ ७ः४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेका जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular