Thursday, August 6, 2026
HomeUncategorizedबहुविवाहलाई कानुनी मान्यता दिने प्रस्तावको विरोधमा उदयपुरमा धर्ना

बहुविवाहलाई कानुनी मान्यता दिने प्रस्तावको विरोधमा उदयपुरमा धर्ना

रेडियो उदयपुर, साउन २१ गते । सरकारले मुलुकी अपराध संहिताको धारा १७५ संशोधन गर्दै बहुविवाहलाई विशेष अवस्थामा कानुनी मान्यता दिने प्रस्ताव ल्याएको विरोधमा देशभर आवाज उठिरहेको बेला उदयपुरमा पनि महिलाहरुले यसको विरोध गरेका छन्।
युक्त दबाब समूह उदयपुरको आयोजनामा आज जिल्ला प्रशासन कार्यालय अगाडि दुई घण्टासम्म शान्तिपूर्ण धर्ना दिइयो। महिलाहरूले “महिलामाथिको विभेद सहिंदैन”, “बहुविवाह प्रोत्साहन गर्ने कानुन चाहिंदैन”, “लैंगिक समानताको कुरा गर”, “संवैधानिक हक पुरा गर”, “बहुविवाह कानुन फिर्ता गर!” जस्ता नारासहित प्लेकार्ड बोकेर विरोध जनाएका थिए।
धर्नामा सहभागी महिला अधिकारकर्मीहरूले प्रस्तावित संशोधनले महिलामाथि हुने हिंसा, विभेद र शोषणलाई अझ बढावा दिने चेतावनी दिएका छन्। उनीहरूले यो प्रस्ताव तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्। धर्नामा विभिन्न संघ सस्थाका,अधिकार कर्मि, नागरिक समाजका सदस्यहरू, युवा तथा सामाजिक अभियन्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular