Wednesday, August 5, 2026
HomeUncategorizedजन्मदिनको भोज खाएपछि २७ जना विरामी

जन्मदिनको भोज खाएपछि २७ जना विरामी

रेडियो उदयपुर, साउन २३ — उदयपुरको त्रियुगा नगरपालिका–७ नमुना चोकमा बस्ने जितेन्द्र राईको घरमा जन्मदिनको भोज खाएपछि २७ जना विरामी परेका छन्।  जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बुधबार राति राईको घरमा आयोजित भोजमा रोटी, अचार, पुरी, बुनिया, पुवा लगायतका परिकार सेवन गरेपछि उनीहरूमा झाडापखाला र बान्ता हुने लक्षण देखिएको हो।
विरामीमध्ये पुरुष ३ जना, महिला ११जना, बालक ५ जना र बालिका ८ जना रहेका थिए। सबैलाई जिल्ला अस्पताल उदयपुरमा उपचारका लागि भर्ना गरिँदा २६ जनाको डिस्चार्ज भइसकेको छ भने १ बालकको उपचार भैरहेको र अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular