Thursday, August 6, 2026
Homeप्रमुख समाचारउदयपुरमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

उदयपुरमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

रेडियो उदयपुर, १५ साउन २०८२ — उदयपुरगढी गाउँपालिका–७ अधेरीमा बिहिबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ। काठमाडौँबाट इटहरीतर्फ जाँदै गरेको प्र.१–०२–००१ ख ९२६० नम्बरको ट्रक अनियन्त्रित भई सडकको छेउमा पल्टिँदा चालकको मृत्यु भएको हो।
दुर्घटना बिहिबार बिहान करिब ६ बजेतिर भएको हो। ट्रक चालक त्रियुगा नगरपालिका–४, बगाहाका करिब ३५ वर्षीय जीवन बिकको घटनास्थलमै गम्भीर घाइते भएपछि उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको थियो। तर बिहान ७ः१० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ट्रक आफै अनियन्त्रित भई पल्टिएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular