Wednesday, August 5, 2026
Homeप्रमुख समाचारपिकअप भ्यान दुर्घटना, गाईघाट राजाबासका असई खतिवडाको मृत्यु

पिकअप भ्यान दुर्घटना, गाईघाट राजाबासका असई खतिवडाको मृत्यु

 

रेडियो उदयपुर,२७ बैशाख ।  सुनसरीको दुहबी नगरपालिका–३, फुटानी चौकमा आज भएको सवारी दुर्घटनामा एक प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका–८, राजाबास निवासी ३० वर्षीय प्रहरी असई विरोध खतिवडा सवार दाउरा बोकेको पिकअप भ्यान अनियन्त्रित भई सडक किनारको फलामको रेलिङमा ठोक्किँदा गम्भीर घाइते भएका थिए ।

शनिवार दिउँसो करिब ११ः५० बजेको समयमा उत्तर इटहरीबाट दक्षिण विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०१–००१च–०२५१ नम्बरको उक्त पिकअप दुर्घटना भएपछि घाइते खतिवडालाई तत्काल उद्दार गरी विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको थियो।

उपचारका क्रममा चिकित्सकले दिउँसो १२ः२१ बजे उनलाई मृत घोषणा गरेका हुन्।
स्वर्गीय खतिवडा जिल्ला प्रहरी कार्यालयमा कार्यरत थिए । त्यसै दुर्घटनामा पिकअप चालक उदयपुर, चौदण्डीगढी नगरपालिका–६ निवासी ३८ वर्षीय सुरेश कार्की र उनका १४ वर्षीया छोरी रोजिना कार्की सामान्य घाइते भएका छन्।
दुवैजनाको टाउको तथा छातिमा सामान्य चोट लागेको र उनीहरू खतरा बाहिर रहेको प्रहरीले जनाएको छ ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular