Wednesday, August 5, 2026
Homeप्रमुख समाचारउदयपुरको अँधेरीमा सवारी दुर्घटना ११ जना घाइते, ४ को अवस्था गम्भीर

उदयपुरको अँधेरीमा सवारी दुर्घटना ११ जना घाइते, ४ को अवस्था गम्भीर

 

रेडियो उदयपुर,४ जेष्ठ २०८२ । उदयपुरको अँधेरीमा आइतबार दिउँसो भएको सवारी दुर्घटनामा ११ जना घाइते भएका छन्। तीमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
मदन भण्डारी लोकमार्ग अन्तर्गत गाईघाट–कटारी खण्डको उदयपुरगढी गाउँपालिका–७, अँधेरीमा काठमाडौंबाट गाईघाटतर्फ जाँदै गरेको विद्युतीय सवारी (इभी) ब्रेक फेल भएर दुर्घटनामा परेको हो। दुर्घटना आइतबार अपराह्न ओरालो घुम्तीमा भएको हो।
घाइतेमध्ये रौतामाई गाउँपालिका–७ की ४५ वर्षीया पुष्पा खड्का, त्रियुगा नगरपालिका–९ चौकिबारीका २६ वर्षीय गोपी दनुवार, त्रियुगा–८ साईखोलाका २० वर्षीय निशन खड्का, र भक्तपुर सूर्यविनायक नगरपालिका–४ की ६० वर्षीया सानुमाया श्रेष्ठको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई प्रारम्भिक उपचारपछि विराटनगरस्थित टिचिङ अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ।
अन्य घाइतेहरूमा सवारी चालक त्रियुगा नगरपालिका–६ का २० वर्षीय हिमाल बस्नेत, २४ वर्षीया संगिता खत्री, चौदण्डीगढी नगरपालिका–१० की १८ वर्षीया मिजा सेवा, भक्तपुरकै ६६ वर्षीय श्याम काजी श्रेष्ठ, ३३ वर्षीया प्रतिक्षा बजिमय, सिन्धुलीको कमलामाई नगरपालिका–१० का ४३ वर्षीय ओमबहादुर भुजेल, र खोटाङको बराहापोखरी गाउँपालिका–४ का १९ वर्षीय अनिश राई रहेका छन्। उनीहरू सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि उद्धारमा खटिएका प्रहरी जवान मनिराज राईका अनुसार घटनास्थलमा तत्कालै उद्दार कार्य सुरु गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी केदारमान दोङका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular