नमुना गाउँको दिगोपना बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

0
67

उदयपुर । नमुना गाउँको दिगोपना तथा दिगो विकास लक्ष्य स्थानीकरणका लागि बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सोमवार तरङ्गिनी फाउन्डेसनको सहयोग र ओरक नेपाल उदयपुरको आयोजनामा स्थानिय तथा सरोकारवाला निकायहरु संग छलफल गरिएको छ ।

पर्यावरणीय मैत्री नमुना गाउँले परम्परागत गाउँलाई पर्यावरणीय मैत्री नमुना गाउँमा रुपान्तरण गर्न मद्धत गर्ने भएकोले पुनः सवैजना नमुना गाउँ बनाउन लागि पर्नु पर्ने बताएका छन् । त्रियुगा नगरपालिका भित्र रहेको इको भिलेज गाउँहरु पछिल्लो समय समन्वय र सहकार्यको कमि रहेको स्थानियहरुले बताए ।

सरोकारवाला निकायहरु यस विषयमा चासो नराखको उनिहरुले गुनासो गरेका थिए । गाउँलाई पर्यावरणीय मैत्री नमुना स्थानिय सरकार,जनप्रतिनिधीहरु संग छुटै छलफल तथा बहस गर्नु पर्ने बताएका छन् । ओरेक नेपालका निवर्तमान अध्यक्ष रामवती चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण ओरेक नेपाल उदयपुरका संयोजक बाला कार्कीले गर्नुभएको । ओरेक आधारको सभाहलमा सम्पन्न कार्यक्रममा इको भिलेजका र स्थानिय व्यक्तिहरु सहभागिता रहेको थियो ।