उदयपुर । सरस्वती खोलाले कटान गर्न थाले पछी १५ घर जोखिममा परेको छ । त्रियुगा नगरपालिका वडा नम्वर ९ चौकीवारी र माथानेटोलको तल्लो बस्ती उच्च जोखिममा परेको हो । खोलाले आफनो धार परिर्वतन गर्ने गरि काटन सुरु गरेकोले गाउँको एक बस्तीनै उच्च जोखिममा परेको छ । कति वेला खोला पसेर घर बगाउने हो स्थानियहरु चिन्तामा छन् ।
मंगलवार विहान देखी निरन्तर अविरल बर्षाका कारण सरस्वती खोलामा आएको बाढीले बाध कटान गर्न थालेपछी भरखरै निमार्ण भएको पुल समेत जोखिममा परेको छ ।
खोलाले कटान तिव्र पारे पछी बल्ल बल्ल निमार्ण भएको ट्रस पुल एक तिर खोला अर्को तिर हुने सम्भावना बढेको छ । पुल निमार्ण भएको स्थानमा तारजाली सहितको व्यवस्थित बाध नहुदा पुलै बगाउने वा खोलाले बाध फुटाएर बस्ती तिर पस्ने सभवना उच्च रहेको छ ।
यता त्रियुगा नगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष राजकुमार दनुवार कटान रोक्न तारजालीको व्यवस्थापनमा लागेको जनाए ।
सम्वन्धित निकायले तुरुन्त कटान हुने सम्भावित स्थानहरु पहिचान गरि रोकथामको तयारी गर्न आवश्यक छ ।