उदयपुर । त्रियुगा नगरपालिका वडा नम्वर ८ र ९ भएर बग्ने सरस्वती खोलाको कटानले यति वेला स्थानियहरु त्रसितमा बस्ने गरेका छन् । निरन्तर बर्षाले खोलामा बढ्ने बाढीको वेगले कतिवेला बाध फुटाएर खोला पस्ने हो स्थानियमा डर उत्तिकै छ ।
त्रियुगा नगरपालिका वडा नम्वर ९ चौकीवारी र माथानेटोलको तल्लो बस्ती यतिवेला जोखिममा परेको हो । खोलाले आफनो धार परिर्वतन गर्ने गरि काटन सुरु गरेकोले गाउँको एक बस्तीनै उच्च जोखिममा परेको छ । सरस्वती खोलाले धारनै परिर्वतन गर्ने गरि कटान गर्न थालेपछी भरखरै निमार्ण भएको सरस्वती खोलकाको ट्रस पुल समेत जोखिममा परेको छ ।
खोलाले कटान तिव्र पारे पछी बल्ल बल्ल निमार्ण भएको ट्रस पुल एक तिर खोला अर्को तिर हुने सम्भावना बढेको छ । पुल निमार्ण भएको स्थानमा तारजाली सहितको व्यवस्थित बाध नहुदा पुलै बगाउने वा खोलाले बाध फुटाएर बस्ती तिर पस्ने सभवना उच्च रहेको छ । नेताहरुले हेर्न मात्र आउने तर व्यवस्थापनको लागी खासै चासो नदिएको स्थानियहरुको आरोप छ ।
त्रियुगा नगरपालिकाले तार जाली पठाए पनी जाली भर्ने ढुङ्गा उप्लब्ध नगराउदा जाली भर्ने काम समेत भएको छैन । स्थानियहरु श्रमदानमा बासको बेरा लगाएर बोरामा बालुवा भर्ने कामले तत्काललाई अस्थायी रुपमा कटानलाई रोक्ने प्रयास गरिरहेको छ । तर खोलामा पानीको बेग बढने हो भने कति वेला बाध फुटाएर खोला बस्ती पस्ने हो टुङ्गो छैन ।
साथै जोखिममा रहेको घर परिवारलाई सुरक्षित स्थानमा सार्न अति जरुरी छ ।