उदयपुर । असारको तेस्रो हप्ता सम्म उदयपुरमा २८.६२ प्रतिशत मात्र रोपाई भएको छ ।शुक्रवार मध्यान्न सम्मको तथ्याङक अनुसार जिल्लामा २८.६२ प्रतिशत रोपाई भएको कृषि ज्ञान केन्द्र उदयपुरका प्रमुख योगेन्द्र यादवले बताउनुभयो ।
उहाँको अनुसार त्रियुगा नगरपालिकामा २२ प्रतिशत,चौदन्डिगढी नगरपालिकामा ४५ प्रतिशत,बेलका नगरपालिकामा ४२ प्रतिशत,उदयपुरगढी गाउँपालिकामा ११ प्रतिशत,कटारी नगरपालिकामा ४० प्रतिशत ,रौतामाई गाउँपालिकामा १५ प्रतिशत,लिम्चुङबुङ गाउँपालिकामा ७ प्रतिशत र ताप्ली गाउँपालिकामा ४७ प्रतिशत रोपाई भएको छ ।
उदयपुरमा १३ हजार ३८० हेक्टर क्षेत्रफलमा वर्खे धान खेती गरिँदै आएको छ । रेडियो उदयपुरको उदयपुर संवाद कार्यक्रममा आफनो कुराहरु राख्दै प्रमुख यादवले किसानहरुको केहि समस्या भए कृषि ज्ञान केन्द्र उदयपुरमा सम्र्पक गर्न अनुरोध गरेका छन् ।