आदिवासी जनजाती महिला अधिकार बिषयक प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

0
144

उदयपुर ।उदयपुरमा आदिवासी जनजाती महिला अधिकार बिषयक प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । महिला सशक्तिकरण स्रात केन्द्र उदयपुरको आयोजनामा संचालित ३ दिने तालिम शुक्रवार सम्पन्न भएको हो ।

जनजाती युवा महिलाहरुको नेतृत्व बिकासमा सहजिकरण गर्ने उद्धेश्यले संचालन गरिएको तालिममा आदिवासी जनजाती महिला अधिकारको विषयमा प्रशिक्षण गरिएको थियो । तालिममा आदिवासी जनजातीको लिखित,अलिखित इतिहास,पुख्र्यौली थलो,भुमि,प्राकृतिक सम्पदा,भाषा,प्रथाजनित संस्था तथा प्रचलन,मौलिक साँस्कृतिक पहिचान,मौलिक ज्ञान,जनजाती महिलाहरुको मुख्य समस्या चुनौती र महिलाहरुको हक अधिकारको विषयमा प्रशिक्षण गरिएको तालिमका मुख्य प्रशिक्षक प्रणिका कोयुले बताउनुभयो ।

यस्तै तालिममा आदिवासी महिलाको परिभाषा र पहिचान,आदिवासी महिला र अन्य महिला बिच समानता तथा भिन्नता,मानव अधिकार लगाएतको विषयमा समेत प्रशिक्षण गरिएको राष्ट्रिय आदिवासी जनजाती महिला महासंघ(निफ)का महासचिव शोभा सुनुवारले बताउनुभयो ।

फिमीको सहयोगमा संचालन भएको तालिममा ३० जना भन्दा वढी जनजाती युवा महिलाहरुको सहभागीता रहेको थियो । तालिम त्रियुगा नगरपालिका वडा नम्वर ९ मा रहेको ओरेक आधारको सभा हलमा जेठ २ गते देखी ४ गते सम्म संचालन भएको थियो ।