उदयपुर । त्रियुगा नगरपालिकाले जातिय भेदभाव छुवाछुत बिरुद्ध सचेतना अभियान १६ वटै वडामा संचालन गरिरहेको छ । सोमवार त्रियुगा नगरपालिका वडा नम्वर ८ राजावासमा कार्यक्रम सम्पन्न भएको छ । वडा भित्र रहेका टोल विकास सस्था मार्फत जातिय भेदभाव छुवाछुत बिरुद्धको अभियान संचालन गरिरहेको छ ।
कार्यक्रममा त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतले कानुनी रूपमा बर्जित भए पनि छुवाछुतजस्तो अमानवीय प्रथा अझै पनी समाजमा पूर्ण रूपमा अन्त्य हुन नसकेको उहाँले बताउनुभयो । यसलाई तोड्न समाजका सबै तहवाट सचेतनामुलक अभियान चलाउनु आवश्यक रहेकोले यतिवेला त्रियुगा नगरपालिका प्रत्येक वडाहरुमा जातिय भेदभाव छुवाछुत बिरुद्ध अभियान कार्यक्रम संचालन गरिरहेको बताउनुभयो । उहाँले त्रियुगा नगरपालिकाकामा दलित समुदायको शैक्षिक र आर्थिक सवलिकरणको लागी काम गरिरहेको बताउनुभयो । सदा समुदायको र्सवाङ्गिण बिकासको परियोजना अन्तर्गतनै कामहरु गरि रहेको समेत बताउनुभयो ।
सोमवार त्रियुगा नगरपालिका वडा नम्वर ८ मा सम्पन्न कार्यक्रममा मेयर बस्नेत संगै वडा अध्यक्ष राजकुमार राउत,वडा सदस्य प्रतिमा ढोली, त्रियुगा नगरपालिका वडा नम्वर ९का वडा सदस्य तथा न्यायिक समिती सदस्य मिरा विश्वकर्मा, पुर्व वडा सदस्य कमला कटुवाल लगाएत वडा भित्रका टोल विकास प्रतिनिधी र दलित समुदायका प्रतिनिधीहरु संग अन्तरक्रिया,संवाद र छलफल भएको थियो । कार्यक्रमको सहजिकरण सुमन परियारले गरेका थिए ।