फागुन १३ गतेदेखी उदयपुरमा दादुरा रुवेला खोप अभियान सञ्चालन हुदै

0
174

उदयपुर । उदयपुरमा दादुरा रुवेला खोप अभियान सञ्चालन हुने भएको छ । अभियान फागुन १३ देखि २६ गतेसम्म सञ्चालन हुने स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

जिल्लामा ९ महिना देखि ५ बर्षसम्मका बालवालिकाहरुलाई २ चरणमा दादुरा रुवेला खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यलय उदयपुरका खोप सुपरभाईजर चिरन्जीवी निरौलाले बताउनुभयो ।

शुक्रबार जिल्ला खोप समन्वय समिति र संचारकर्मीहरु संगको एक कार्यक्रम मार्फत बताएका हुन् । अभियानमा ९ महिना देखि ५ बर्षसम्मका बालबालिकाहरु सहभागी हुने छन् । जसका लागि ४ सय ६४ खोप सेसन, ४ सय ६४ स्वास्थ्यकर्मी, ९ सय २८ जना स्वयंसेवक र ५ जना ए.ई.एफ.आई व्यवस्थापन र अनुगमनको लागि चिकित्सक परिचालन हुने छ ।

कार्यलयका अनुसार बेलका नगरपालिका,त्रियुगा नगरपालिका,रौतामाई गाउँपालिका,चौदण्डिगढी नगरपालिका र लिम्चुङबुङ गाउँपालिका अन्तरर्गतका खोप केन्द्रहरुमा फागुन १३ गते देखी १७ गते सम्म खोप संचालन हुने जनाएको छ भने कटारी नगरपालिका,ताप्ली गाउँपालिका र उदयपुर गाढी गाउँपालिका अन्तरर्गतका खोप केन्द्रहरु फागुन २२ गते देखी २६ गते सम्म खोप संचालन हुने जनाएको छ ।