१३ औँ विश्व रेडियो दिवसको अवसरमा रेडियो उदयपुरद्धरा समुदाय संग अन्तरक्रिया

0
175

उदयपुर । सामुदायिक रेडियो उदयपुरले १३ औँ विश्व रेडियो दिवसको अवसरमा स्थानिय समुदाय संग रेडियोको विश्वास र प्रभावको बिषयमा कार्यक्रम गरी मनाइएको छ ।

‘रेडियो सूचना शिक्षा र मनोरञ्जनको एक शताब्दी’ भन्ने नाराका साथ मंगलवार सामुदायिक रेडियो उदयपुरले समुदाय संग रेडियोको विश्वास र प्रभाव बिषयमा अन्तरक्रिया कार्यक्रम गरी मनाइएको छ । स्थानिय समुदायका नागरिकहरु संग निरन्तर कसरी समन्वय गर्न सकिन्छ? भन्ने विषयमा छलफल गरिएको थियो ।

समुदायको रेडियो प्रति विश्वास अझै कायमै रहेको कार्यक्रम सहभागी नवउदयटोल विकास सस्थाका अध्यक्ष तुलसी भुषण निरौलाले बताउनुभयो ।

उहाँले पछिल्लो समय विदेश जाने युवाहरु बढ्दो रहेकोले स्वदेशमै पनी आत्मनिर्भर बन्न सकिने कार्यक्रमहरु उत्पादन तथा प्रशारण गरि युवाहरुलाई विदेश पलायन हुन बाट रोक्ने खालको कार्यक्रमहरु अहिलेको आवश्यता रहेको बताउनुभयो । कार्यक्रममा स्थानिय,टोल विकास सस्थाका सदस्यहरु गरि ३० जना बढी सहभागिता रहेको थियो ।

विश्वमा रेडियो प्रसारणको १ सय वर्ष र नेपालमा स्वतन्त्र रेडियो प्रसारणको २५ वर्ष पूरा भएको छ ।