बाल बिवाह हुन नदिन त्रियुगा ९ सयपत्रीटोलका स्थानिय एकजुट 

0
107

उदयपुर । २ वर्ष अगाडी सम्म बालविवाह हुने गरे पनी अहिले बाल विवाह गर्नेको संख्या न्युन हुदै गएको त्रियुगा नगरपालिका वडा नम्वर ९ सयपत्रीटोलका स्थानियहरु बताउछन् । अहिले समुदायमा बाल विवाह हुन नदिन आफुहरु ऐक्यबद्ध रहेको जनाएका छन् ।

शुक्रवार ३२ औँ अन्तराष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरद्धरा आयोजित समुदाय संग छलफल कार्यक्रममा यस्तो बताएका हुन् ।

त्रियुगा युवा महिला संजालको नेतृत्वमा “लैंगिक हिंसा विरुद्ध अन्त्यको सुनिश्चितता ः महिला वालवालिकामा लगानीको ऐक्यवद्धता” भन्ने नारा संगै यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र उमेर नपुगि गरिने बिवाह न्युनिकरणको बिषयमा सो समुदाय संग छलफल गरिएको थियो । छलफलमा सहभागीहरुले बाल विवाह रोक्नको लागी टोल विकास सस्थावाट पनी पहल गरिरहेको बताएका थिए ।

२० वर्ष उमेर पुगे पछी मात्र बिहे गर्नु र गराउनु पर्नेमा आफुहरु सचेत रहेको सहभागी अभिभावकहरुले बताए । तर शिक्षा,स्वास्थ्य,उधमशिलता र रोजगारीको क्षेत्रमा भने आफुहरु पछाडी परेको गुनासो रोखेका थिए । टोलमा सामाजिक सचेतनामुलक कार्यक्रमहरु निरन्तर संचालन गरिदिन आग्रह पनी गरेका छन् ।

कार्यक्रममा त्रियुगा नगरपालिका वडा नम्वर ९ का वडा सदस्य एवम् न्यायीक समिती सदस्य मिरा विश्वकर्मा,जिल्ला प्रहरी कार्यालय उदयपरका महिला बालवालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख अम्बिका कार्की, प्राहरी साहयक निरक्षक अनुपमा डांगि, टोलविकास सस्थाका अध्यक्ष लगायत स्थानिय महिला र युवाहरुको उपस्थितीमा कार्यक्रम गरीएको थियो ।

कार्यक्रमको सहजिकरण महिला शसक्तिकरण स्रोत केन्द्रका कार्यकारी निर्देशक बन्दना दनुवारले गर्नु भएको थियो भने सयपत्री टोल विकास संस्थाका अध्यक्ष कुमारी थापा खड्काको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।