१६ दिने अभियानको अवसरमा चौदन्डीगढी ६ सिरुवानीमा समुदाय संग छलफल सम्पन्न

0
195

उदयपुर । ३२ औँ अन्तराष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तगर्त चौदन्डिगढी नगरपालिका वडा नम्वर ६ सिरुवानीमा समुदाय संग छलफल कार्यक्रम सम्पन्न भएको छ ।

महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरको आयोजना र चौदन्डीगढी युवा महिला संजालको नेतृत्वमा “लैंगिक हिंसा विरुद्ध अन्त्यको सुनिश्चितता ः महिला वालवालिकामा लगानीको ऐक्यवद्धता” भन्ने नारा संगै यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र उमेर नपुगि गरिने बिवाह न्युनिकरणको बिषयमा सो समुदाय संग छलफल गरिएको थियो ।

छलफलमा सहभागीहरुले बाल विवाहको स्वरुप फेरिएको बताएका थिए । उनीहरुले पहिला मागेर बाल विवाह हुने गर्दथे भने अहिले भागेर वा किशोर किशोरी एक अर्काको प्रेममा परेर सानै उमेरमा विवाह गर्नेक्रम बढ्दो रहेको जनाएका थिए । यस्तै उनीहरुले समुदायमा भड्किलो बिवाहको प्रकोप पनी बढ्दै गएको जनाएका थिए । यसको न्युनिकरणको लागी सचेतनामुलक कार्यक्रमहरु संचालन हुन जरुरी रहेको बताए ।

कार्यक्रममा इलका प्रहरी कार्यलय बेल्टारका प्रमुख प्रहरी निरिक्षक ओम प्रकाश पुनले पालिकाका बाल विवाह,लैगिक,घरेलु हिंसा,महिला हिंसा,लागु पदार्थ दुव्र्यसनी नियन्त्रणको लगाएतको बिषयमा जानकारी गराएका थिए ।

कार्यक्रमको सहजिकरण महिला शसक्तिकरण स्रोत केन्द्रका साहयक कार्यक्रम संयोजक रन्जु दनुवारले गर्नु भएको थियो भने औतारी टोल विकास संस्था चौदन्डीगढी ६ का अध्यक्ष टंक बहादुर खड्काको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।