लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा उमेर नपुगि गरिने बिवाह बिषयमा समुदाय संग छलफल

0
61

उदयपुर । ३२ औँ अन्तराष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा समुदाय संग छलफल गरिएको छ । सोमवार त्रियुगा नगरपालिका वडा नम्वर १० बोक्सेमा यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र उमेर नपुगि गरिने बिवाह न्युनिकरणको बिषयमा समुदाय संग छलफल गरिएको हो ।

“लैंगिक हिंसा विरुद्ध अन्त्यको सुनिश्चितताः महिला वालवालिकामा लगानीको ऐक्यवद्धता” भन्ने नारा संगै महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुर,युवा महिला संजाल त्रियुगाको आयोजना र जिल्ला प्रहरी कार्यलय उदयपुर,नेस्पेक उदयपुर,महिला मानव अधिकार रक्षक संजाल उदयपुर र नव समृद्धि टोल बिकास सस्थाको समन्वय तथा सहकार्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका उप सभामुख माननिय सृजना दनुवारले उमेर नपुगी गरिने बिवाह न्युनिकरण गर्न सवैको ऐक्यबद्धता हुन आवश्यक रहेको बताउनु भयो ।

बालविवाह हुन नदिन अभिभाकको पहिलो भुमिका रहने बताउनुभयो । उहाँले हाम्रा अभिभावकहरुको समयमा पनी बाल बिवाह नै भएकोले उहाँहरुले शैक्षिक,राजनितिक,समाजिक र आर्थिक रुपमा पछी परेको बताउदै पुनःसोहि समस्या हाम्रो छोराछोरी,नाति नातिनामा दोहोरिन नदिन आग्रह गर्नुभयो । उहाँले सवै जना आ–आफनो क्षेत्रवाट सचेतनामुलक रुपान्तरणको आभियानमा जुटनु पर्ने बताउनुभयो । उहाँले यस अभियानमा स्थानिय तहको सवै भन्दो तल्लो निकाय जुन समुदाय संग छ टोल बिकास सस्थाहरुले बाल बिवाह न्युनिकरणको बिषयमा मापडण्डनै तयार गरेर अगाडी बढ्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा सहभागीहरुले पछिल्लो समय बाल विवाह कम हुने गरेको बताएका छन् । उनीहरुले समाजिक संजालको गलत प्रयोगले गर्दा भने बाल विवाह,लैंगिक हिंसाका घटना,अनलाइन ठगी,साइवर क्राइम जस्ता घट्नाहरु बढ्दो रहेको बताएका थिए ।

यस्तै बाल विवाहको घटनाहरु कम देखिएता पनी समुदाय तहमा भने अझै बालविवाह हुने गरेका जनाएका थिए । यस्तै यौन तथा प्रजनन् स्वास्थ्य अधिकारको बिषयमा खुलेर आफना कुराहरु राख्ने बातावरण अझै नभएको बताएका थिए ।

कार्यक्रममा कोशी प्रदेशका उप सभामुख माननिय सृजना दनुवार ,जिल्ला समन्वय समिती उदयपुरका निवर्तमान उपप्रमुख गगां राई ,वडा नं १० बोक्सेका वडा अध्यक्ष किरण पाण्डे, जिल्ला प्रहरी कार्यालय उदयपरका महिला बालवालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख अम्बिका कार्की,नेस्पेक उदयपुरका अध्यक्ष अर्जुन पोखरेल, गैसस महासंघ उदयपुरका अध्यक्ष सिर्जना पौडेल, र वडा न १० का टोलविकास अध्यक्ष लगायत स्थानिय महिला र युवाहरुको उपस्थितीमा कार्यक्रम गरीएको थियो ।

कार्यक्रमको सहजिकरण महिला शसक्तिकरण स्रोत केन्द्रका कार्यकारी निर्देशक बन्दना दनुवारले गर्नु भएको थियो भने नव समृद्धि टोल विकास संस्थाका अध्यक्ष चन्द्र वहादुर वि.क को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरका कार्यकारी निर्देशक बन्दना दनुवारले गर्नुभएको थियो ।