Sunday, July 26, 2026
Homeप्रमुख समाचार१६ दिने लैंगिक हिंसा विरुद्धको अभियान शुभारम्भ 

१६ दिने लैंगिक हिंसा विरुद्धको अभियान शुभारम्भ 

उदयपुर । महिला हिंसा विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा मनाइने १६ दिने अभियान आज देखी शुभारम्भ भएको छ । उदयपुरमा विहान मोटरसाइकल ¥याली निकालेर अभियानको शुभारम्भ गरेको हो ।गाईघाटको पिपलवोट बाट सुरु भएको ¥याली मेनचोक,त्रियुया बसपार्क,मोतिगडा,बगहा,देउरी,जलजले,चुहाडे,राजावास,गैरुन हुदै पुन गाईघाटको पिपलबोटमा आएर कोणसभामा परिणत भएको थियो ।

“लैङ्गिक हिंसा विरुद्धको अन्त्यको सुनिश्चितता ः महिला, बालबालिकामा लगानीको ऐक्यवद्धता” नारा सहित ओरेक उदयपुर, महिला मानव अधिकार रक्षक संजाल,गैसस महासंघ उदयपुर,महिला सशक्तिकरण सोत केन्द्र उदयपुर,जिल्ला प्रहरी कार्यलय उदयपुर लगाएत समाजिक संघ सस्थाहरुले ऐक्यवद्धता”का साथ अभियानको सुभारम्भ गरिएको हो ।

गैसस महासंघ उदयपुरका अध्यक्ष सृजना पौडेलले १६ दिन सम्म संचालन हुने गतिविधीहरुको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथी त्रियुगा नगरपालिकाका उप प्रमुख महेश्वरी राइले अभियानलाई सफल बनाउन सवै एकजुट हुनु पर्ने बताउनुभयो । स्थानिय सरकारले महिला लैंगिक न्याय र समानताको लागी धेरै कार्यक्रमहरु अघी सारेका बताउनुभयो । यस अभियानमा जोडिने सम्पुर्णमा उहाँले धन्यवाद समेत दिनुभयो ।

महिला मानव अधिकार रक्षक संजाल उदयपुरका अध्यक्ष माया भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको संचालन ओरेक उदयपुरका संयोजक बाला कार्कीले गर्नुभएको थियो ।

 

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular