Wednesday, July 22, 2026
Homeप्रमुख समाचारउदयपुरमा बस दुर्घटनाः पिकनिक खाएर फर्कँदै गरेका तीन जनाको मृत्यु, ३९ घाइते

उदयपुरमा बस दुर्घटनाः पिकनिक खाएर फर्कँदै गरेका तीन जनाको मृत्यु, ३९ घाइते

उदयपुर। उदयपुरमा स्कुल बस दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ। अधेरी झर्ना नजिकै दुर्घटनामा परी त्रियुगा नगरपालिका–५ का चालक ४० वर्षीय भिखन चौधरी, त्रियुगा ६ का ७ वर्षीया सम्या चौधरी र ६ वर्षीय विकाश चौधरीको मृत्यु भएको हो। शनिबार उदयपुरगढी गाउँपालिका–७ मा अन्नपूर्ण सेकेन्डरी बोडिङ स्कुलको प्र–०५–००१ ख ००४४ नम्बरको बसमा सवार उनीहरूको ज्यान गएको हो। उनीहरू पिकनिक खाएर फर्कदै गरेका थिए।
दुर्घटनामा ३९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए। उनका अनुसार गम्भीर घाइते पाँच जनालाई थप उपचारका लागि जिल्ला बाहिर पठाइएको छ।

बाँकीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। स्कुल बस चालकले गाउँको पिकनिकका लागि भाडामा लगेको खुलेको छ। बसमा ४३ जना सवार रहेका थिए ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular