अन्तराष्ट्रिय बाल दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न,तुलसीराज राउत प्रथम

0
68

उदयपुर । अन्तराष्ट्रिय बाल दिवसको अवसरमा आधारभुत विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । “बाल बिवाह न्युनिकरणमा हाम्रो भुमिका” शिर्षकमा भएको वक्तृत्वकला प्रतियोगितमा आधारभुत विद्यालय मोथयाहीका तुलसी राज राउत प्रथम भएका छन् ।

यस्तै द्धितीय हिमालयन स्कुलका डेजी पौडेल,तृतिय प्याराडाइज स्कुलका सम्पन्न थापा,यस्तै सान्त्वना क्रमशः श्री अम्वेवर जनता माविका गोविन्द खतिवडा,उदयपुर स्कुलका आयुष्मा मगर,जनप्रेमी आधारभुका कुशल ढकाल भएका छन् । प्रतियोगितामा जम्मा २० जना सहभागी भएका थिए ।

“प्रत्येक बालबालिकाको लागि हरेक अधिकार” नारा संगै त्रियुगा नगरपालिकाको आयोजनामा बुधवार त्रियुगा नगरपालिकाको सभाहलमा प्रतियोगिता सम्पन्न भएको थियो ।

नगर बाल संजालको समन्वय रहेको कार्यक्रममा ओरेक नेपाल,महिला सशक्तिकरण स्रोत केन्द्र,कोकन उदयपुर,जिड्स उदयपुर,हुरेण्डेक उदयपुर,बाल हेल्प लाइन र वल्र्ड भिजन ईन्टरनेशनल नेपालको सहकार्यमा प्रतियोगिता सम्पन्न भएको हो ।