Sunday, July 26, 2026
Homeप्रमुख समाचारमहिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरको १५ औँ बार्षिक साधारण सभा सम्पन्न 

महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरको १५ औँ बार्षिक साधारण सभा सम्पन्न 

उदयपुर । महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरको १५ औँ बार्षिक साधारण सभा सम्पन्न्न भएको छ । सोमवार सस्थाको आफनै भवन त्रियुगा नगरपालिका वडा न ९ नवउदयटोलमा सभा सम्पन्न भएको हो । सस्थाको १५ औँ वार्षिक साधारण सभा एकै साथ ५० वटा गमलामा फुल रोपर शुरुवात गरेको थियो ।

सस्थाको सांगठनिक प्रगति प्रतिवेदन महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरका कार्यसमिती सचिव जानुका कार्कीले प्रस्तुत गर्नुभएको थियो ।

उहाँले प्रतिवेदन प्रस्तुत गर्दै जिल्लाको ८ वटै पालिका स्तरीय युवा महिला संजाल पुनर्गठन,युवा संजालको नेतृत्वमा समुदाय संगको अन्तरक्रिया कार्यक्रम १३ वटा,यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्वन्धि तालिम,उमेर नपुगी गरिने विवाह भोगाईमा आधारित कथा संकलन तालिम तथा सय वटा कथा संकलन,उमेर नपुगी गरिने विवाहःभोगाईमा आधारित बिद्दमान अवस्था,चुनौती र समाधान बिषयक वडा स्तरिय र पालिका स्तरीय अन्तरक्रिया,युवा महिला भेला,लैंिगक समानताको लागी रेडियो सामुदायिक रेडियो बिषयक कोशी प्रदेश स्तरीय कार्यशाला आर्थिक वर्ष २०७९/०८० मा सम्पन्न गरेको बताउनुभयो । यस्तै उहाँले संस्थाले सामुदायिक रेडियो उदयपुर संचालन गरिरहेको समेत बताउनुभयो ।

सस्थाका कार्यकारी निर्देशक बन्दना दनुवारले महिला सशक्तिकरण स्रोत केन्द्रले समुदाय तहदेखी महिलाको अनुभवमा केन्द्रित सुचना प्रवाह गर्दै सामाजिक रुपान्रणका लागि काम गर्दै आइरहेको बताउनुभयो । उहाँले विशेषगरी स्थनिय महिलाको भोगाई,अनुभव,सिप र ज्ञानमा आधारित प्राप्त÷संकलीत सुचनाहरु युवा महिलाद्धरा संचालित संचार माध्यमवाट संरचानागत तवरले पछाडि पारिएका युवा महिलाहरुको नेतृत्व विकास तथा समुदायमा सुचना माथिको पहुचमा बृद्धि गर्दै महिलाहरुको सशक्तिकरणका लागि सहजिकरण गर्ने उद्धेश्यले निरन्तर काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा महिला सशक्तिकरण स्रोत केन्द्रका निवर्तमान अध्यक्ष मन्दिरा दनुवार,ओरेक नेपालका सचिव तथा सस्थाका कानुनी सल्लाहाकार सविता पोखरेल,त्रियुगा नगरपालिका न्यायिक समिती सदस्य एवम् वडा ९ का वडा सदस्य मिरा विश्वकर्मा, त्रियुगा नगरपालिका वडा नम्वर ८ का वडा सदस्य प्रतिमा कार्कीं ढोली ,दलित महिला संघ कोशी प्रदेशका अध्यक्ष पाण्डु परियार,महिला मानव अधिकार रंक्षक संजालका अध्यक्ष तथा सस्थाका पुर्वउपाअध्यक्ष माया भण्डारी,गैसस महासंघ उदयपुरका अध्यक्ष सृजना पौडेल,दलित महिला संघ उदयपुरका अध्यक्ष शुसिला विकले सस्थाको अझै ग्रामिण भेगको युवा महिलाको सशक्तिकरणको लागी काम गर्नु पर्ने भन्दै शुभकामना राख्नुभएको थियो ।

सस्थाको कार्यसमितीका अध्यक्ष ज्योति दनुवारको सभाअध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

थप तस्विरहरु

 

 

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular