जनप्रतिनिधीहरु संग संञ्चार मैत्री त्रियुगा नगर बिषयक अन्तरक्रिया

0
182

उदयपुर । त्रियुगा नगरपालिकाको नवनिर्वाचित जनप्रतिनिधीहरु संग संञ्चार मैत्रि त्रियुगा नगर बिषयक अन्तरक्रिया तथा बधाई कार्यक्रम सम्पन्न भएको छ । बुधवार ओरेक नेपालको सभाहलमा महिला सशक्तिकरण स्रोत केन्द्र, सामुदायिक रेडियो उदयपुरले नवनिर्वाचित जनप्रतिनिधीहरु लाई स्वागत संगै बधाई तथा संञ्चार मैत्री त्रियुगा नगर विषयमा छलफल र अन्तरक्रिया गरेको हो ।

कार्यक्रममा महिला सशक्तिकरण स्रोत केन्द्रका कार्यकारी निर्देशक तथा रेडियो उदयपुरका स्टेश्न म्यानेजर बन्दना दनुवारले संस्थाको स्थापनाकाल देखीको इतिहास र अहिले १३ वर्ष सम्मको अवस्थाको वारेमा जानकारी गराउनुभएको थियो । यस्तै उहाँले समुदायमा सामुदायिक रेडियोले खेलेको भुमिका र स्थानियतहको जिम्मेवारीको विषयमा चर्चा गर्नुभएको थियो । उहाँले रेडियो उदयपुरले संचालन गर्दै आइरहेको गतिविधी,अभियान र रेडियो कार्यक्रमहरुको वारेमा जानकारी गराउनुभएको थियो ।

यस्तै कार्यक्रममा त्रियुगा नगरपालिका जनप्रतिनिधीहरुले आफुहरु वडा स्तरदेखीनै त्रियुगा नगरपालिकालाई संञ्चार मैत्री बनाउन प्रतिवद्ध रहेको बताएका छन् ।

महिला सशक्तिकरण स्रोत केन्द्रको अध्यक्ष मन्दिरा दनुवारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका उपाअध्यक्ष माया भन्डारीले स्वागत गर्नुभएको थियो भने कार्यक्रम संयोजक अप्सरा समाल मगरले कार्यक्रम संचालन गर्नुभएको थियो ।
कार्यक्रममा त्रियुगा नगरपालिकाको १६ वटै वडाका वडा अध्यक्ष र सदस्यहरुको उपस्थीती रहेको थियो ।