उदयपुर । महिला सशक्तिकरण श्रोत केन्द्र उदयपुर द्धरा सञ्चालित सामुदायिक रेडियो उदयपुर १०२ थोप्लो ४ मेगाहर्ज आज(सोमवार) देखि १३ वर्ष पुरा गरी १४ औं वर्षमा प्रवेश गरेको छ ।
महिलाहरुको सूचनामा पहुँच र सञ्चारको माध्यमबाट महिलाहरुलाई सशक्त बनाई सामाजिक परिवर्तन र विकासमा सहयोग पुर्याउने उद्देश्यले सुरु गरिएको रेडियो उदयपुर प्रथम गणतन्त्र दिवसको अवसर पारेर २०६६ साल जेठ १६ गते विधिवत रुपमा सञ्चालन भएको हो ।रेडियो उदयपुर महिलाहरुद्धारा संचालित नेपालको तेस्रो रेडियो हो ।
यस सामुदायिक रेडियो समुदायका महिलाहरुलाई सुचनामा पहुच पुर्याउने र महिला सहभागितामा जोड दिदै सुचनामा बिभेद हुनु हुदैन र नगरौ भन्दै नागरिकको सुचनाको हक अधिकारकारको लागी न्याययुक्त समाज निर्माण गर्दै अगाडी वढिरहेको संस्थाका कार्यकारी निर्देशक तथा रेडियोका स्टेश्न म्यानेजर बन्दना दनुवारले बताउनुभयो ।
उदयपुरको त्रियुगा नगरपालिका वडा न ९ राजाबास, नबउदयटोलमा रहेको रेडियो अहिले दैनिक १७ घण्टा प्रशारणमा रहेको छ । प्रतेक वर्ष आफनो बार्षिक उत्सवको अवसरमा औपचारिक कार्यक्रम आयोजना गर्दै आइरहेको रेडियोले यो वर्ष समुदायका स्थानियसंग अन्तक्रिया १३ औँ बार्षिक उत्सव मनाइरहेको छ ।