उदयपुर । देशैभर संयुक्त रुपमा बलात्कार विरुद्धको चौथो राष्ट्रिय अभियान घोषणा भएको छ । “कानुनी तथा सामाजिक न्यायको अधिकार हिसां रहित समाजको आधार ”भन्ने नारा संगै ओरेक नेपालको नेतृत्वमा महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल लगायत मानव अधिकारको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्था सञ्जालहरुको संयुक्त प्रयास र ऐक्यबद्धतामा अभियान घोषणा भएको हो ।
उदयपुरमा पनी ओरेक नेपाल , महिला मानव अधिकार रक्षक संजाल, गैसस, महिला सशक्तिकरण स्रोत केन्द्र र सामुदायिक रेडियो उदयपुरले संयुक्त रुपमा बलात्कार विरुद्धको चौथो राष्ट्रिय अभियान घोषणा गरेको छ ।
आइतवार पिपलचोकमा महिला संजाल र महिलाअधिकारर्कीहरुको संयुक्त भेलाले अभियान घोषणा गरेको हो ।
ओरेक नेपाल उदयपुरका कार्यक्रम अधिकृत बालिका कार्किका अनुसार बलात्कार प्रभावितहरुको मानसिक आघात तथा अवस्था, प्रभावित तथा पीडक बिचको शक्ति सम्बन्धका कारणले गर्दा विद्यमान कानूनी हदम्याद (घटना घटेको मितिबाट १ बर्ष) हिंसा प्रभावितहरुको न्यायीक प्रक्रियाको लागि बाधक बनेको छ ।
तसर्थ बलात्कारबाट प्रभावित महिलाहरुको कानूनी तथा सामाजिक न्याय सुनिश्चितताका लागि जबर्जस्ती करणीमा हदम्याद नराखी कानून संशोधन गर्न, हिंसा प्रभावितलाई राज्यले निःशुल्क स्वास्थ्य, क्षतिपूर्ति तथा मनोसामाजिक उपचार एवम् परामर्शको व्यवस्था गर्न, सुरक्षा र पुनर्स्थापनाको व्यवस्था गर्न र कानूनको पुर्ण रुपमा कार्यान्वयन गरि दण्डहीनताको अन्त्यका लागि कानून निर्माणकर्ताहरु र समग्र राज्यलाई नै दवाब दिन देशैभरी संयुक्त रुपमा अभिायान घोषणा गरिएको हो ।
घोषणा अभिायनामा महिलाअधिारकर्मी,समाजिक संघ सस्थाका प्रतिनिधी,समाजिक अभियान्ता ,युवा महिला किशोरीहरु संचारकर्मी लगाएतको उपस्थीती रहेको थियो ।