विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । नयाँ मन्त्रीहरुको आजै अपरान्ह १ बजे सपथग्रहण राखिएको छ ।
पुनःगठनमा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका प्रदेशसभा सदस्य टंक आङबोहाङ अर्थमन्त्री हुने भएका छन् । त्यस्तै उषाकला राई सामाजिक विकासमन्त्री हुने भएकी छन् ।
अहिले राज्यमन्त्री रहेका अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधारमन्त्री र राम राना कृषिमन्त्री हुने भएका छन् । त्यस्तै, कला घले कृषि राज्यमन्त्री र राजकुमार ओझा वन राज्यमन्त्री नियुक्त हुने भएका छन् । राज्यमन्त्री दुवै जना नयाँ अनुहार हुन् ।
केही नामहरु सपथग्रहणको बेलासम्म हेरफेर र थप हुन सक्ने मुख्यमन्त्री राई निकट स्रोतले जनाएको छ ।