४० वर्ष भारतीय जेलमा बसेका दर्गाप्रसादलाई नागरिकता दिइने

0
322

इलाम । इलामको माई नगरपालिका वडा नम्बर १० का दुर्गाप्रसाद तिम्सिनालाई आज नागरिकता दिने तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय इलामबाट उनको नागरिकता बन्न लागेको हो ।

तिम्सिनाले विहीबार जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता लिने भएको छ । विना अदालती प्रकृया उनीलाई ४० वर्ष भारतको कोलकतास्थित दमदम जेलमा राखिएको थियो । केही दिन अगाडि मात्र उनी जेलबाट छुटेर घर आएका थिए ।

राज्यले दिने सेवासुविधालगायत अन्य प्रकृयामा नागरिकता आवश्यक पर्ने भएकाले उनलेको नागरिकता बनाउन लागिएको उनका आफन्तले जानकारी दिएका छन् । उनलेको हिजै वडा कार्यालयबाट नागरिकता बनाउन आवश्यक पर्ने कागजातहरु तयारी भइसकेको छ ।

२०१७ साउन २० गते जन्मिएका तिम्सिनाको अहिलेसम्म जन्म दर्ता, नागरिकता केहि पनि बनाइएको छैन । भाई प्रकास चन्द्र शर्मा, भतिज गोपाल तिम्सिना र दुर्गा तिम्सिनाकोनाता प्रमाणित गरि वडा कार्यालयले नागरिकता बनाउन आवश्यक कागजात तयार पारिएको जनाएको छ ।

प्रदेश सरकारले तिम्सिनाको उपचार खर्च व्यहोर्ने भएपनि उनलाई नागरिकता आवश्यक पर्ने भएको छ । नागरिकता बनिसकेपछि तिम्सिनाको परिवारले चाहेको अस्पतालमा उपचार गर्न लैजाने तयारी प्रदेश सरकारको रहेको छ । प्रदेश सरकारले नै उनको नागरिकता बनाएर आउन भनेपछि नागरिकता बनाउने तयारी गरिएको हो ।