उदयपुरमा आदिम बाल संगित तथा नृत्य पाठशाला खुल्यो

0
364

उदयपुर । आदिम बाल संगित तथा नृत्य पाठशालाको कार्यालय उद्घाटन भएको छ । उदयपुरको त्रियुगा नगरपालिका ७, चुहाडेमा रहेको पाठशाला बुधबार प्रदेशसभा सदस्य सञ्जा दनुवारले उद्घाटन गर्नुभएको हो ।

संगित, नृत्य, भाषणकला तथा रचनात्मक क्रियाकलापहरु संचालन गर्ने स्थापना भएको पाठशालाको कार्यालय प्रदेशसभा सदस्य दनुवारले रिवन काटेर उद्धघाटन गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै उहाँले कला, संस्कृति हाम्रो पहिचान र जिवनको अभिन्न अंग रहेको भन्दै यसको संरक्षण, संबद्र्धन गर्न सबै लागीपर्नु पर्ने बताउनुभयो । पाठशालाले कला, संस्कृतिको संबद्र्धन संगै लुकेर रहेका प्रतिभालाई प्रष्फुटन गराउन लागीपरेको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो ।

यस्तै बिषेश अतिथीको रुपमा बोल्दै मानव अधिकार तथा सामाजिक सेवा अभियानका केन्द्रिय सदस्य सिर्जना दनुवारले पाठशालाले लिएका उद्धेश्यहरुले कला, संस्कृतीको जगेर्ना हुनुका साथै समाज परिवर्तनमा समेत टेवा पु¥याउने भन्दै स्थानिय सरकारले समेत सहयोग गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा दनुवार जातीको हकहित र अधिकारका लागी योगदान पु¥याएको भन्दै आदिम बाल संगित तथा नृत्य पाठशालाका संचालक सैन्ध्वज दनुवारले प्रदेशसभा सदस्य सञ्जा दनुवार र अधिकारकर्मी सिर्जना दनुवार र नेपाल दनुवार संघका अध्यक्ष केदार दनुवारलाई लाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रममा जनप्रतिनिधि, नागरिक समाजका अगुवा, कलापे्रेमी, लोक स्टार विनोद दनुवार, पत्रकार लगायत स्थानियहरुको उपस्थिती रहेको थियो ।