विद्यालय स्तरिय बतृत्वकला प्रतियोगिता सम्पन्न, जनता मा.वि.का वालकुमार कटुवाल प्रथम 

0
385

उदयपुर । अन्तराष्ट्रिय लैगिक हिंसा विरुद्धको १६ दिवसिय अभियानको अवसरमा उदयपुरको त्रियुगा नगरपालीका वडानम्बर २को जनता माध्यमिक विद्यालय जोगिदहमा विद्यालय स्तरिय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

“लैगिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति, समाज र सवैको ऐक्यबद्धता” भन्ने मुल नाराका साथ लैगिक हिंसा न्युनिकरणको लागि युवा र विध्यार्थीको भुमिका विषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा त्रियुगा नगरपालीका वडानम्बर २को जनता माध्यमिक विद्यालय जोगिदहका ७ जना र वडानम्बर १का जनप्रेमी माध्यमिक विद्यालय पूर्वटोल, जोगिदहका ६जना गरि जम्मा ११ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा जनता माध्यमिक विद्यालय जोगिदहका कक्षा १० मा अध्ययनरत छात्र बालकुमार खड्का प्रथम, सोहि विद्यालयका कक्षा १० मा अध्ययनरत बच्चन सुनाम द्धितिय, कक्षा ८मा अध्ययनरत गगन खड्का तृतिय र जनप्रेमि माध्यमिक विद्यालय पूर्वटोल जोगिदहका कक्षा १० मा अध्ययनरत राजकुमार खड्का सान्तना भएका छन् ।

पुरस्कृत सवैलाई प्रदेश माननीय अम्बिका थापा, त्रियुगा नगरपालीकाका उपमेयर देवि चौधरी, वडानम्बर १का वडाध्यक्ष मनोज चौधरी, वडानम्बर २का कार्यबाहक अध्यक्ष मनकुमारी वि.क. लगाएतले पुरस्कार वितरण गर्नु भएको थियो ।

बक्तृत्वकला कार्यक्रम युवा र विद्यार्थीले आफुमाथी भएको हिंसा पहिचान गर्ने, यसको विरुद्धमा आवाज उठाउने र भविष्यमा हुन सक्ने संभावीत हिंसा, दुब्र्यबहारलाई प्रतिकार गरि आफु पनि सुरक्षित हुने र अरुलाई पनि सचेत गराउन सक्नेछन् भन्ने उदेश्यले आयोजना गरिएको हो ।

बक्तृत्वकला प्रतियोगितामा दुवै विद्यालयका कक्षा ९र१०का ५ जना छात्रा र ६ जना छात्रको सहभागिता रहेको थियो ।

बतृत्वकला प्रतियोगिता कार्यक्रममा बोल्नु हुदै कार्यक्रमका प्रमुख अतिथी प्रदेश नम्बर १का माननीय अम्बिका थापाले लैगिक हिंसा, हाम्रो परम्परागत संस्कार र संस्कृतिले बढवा दिएको बताउनु भएको छ । वहाले नेपालमा मृत्यु दण्ड दिने व्यवस्था नभए पनि महिला र बालीका माथी हुने हिंसा र बलात्कार जस्तो जधन्य अपराधको अन्त्य गर्नको लागि फासिको सजाए हुनुपर्छ भनेर संसदमा कुरा उठाएको बताउनु भएको छ ।

त्यस्तै कार्यक्रमका विशेष अतिथी, त्रियुगा नगरपलाीकाका उपमेयर देवि चौधरीले लैगिंक हिंसामा जसले उजुरी गर्न सक्दैनन्, जो अपांग छन्, अति बिपन्न, गरिव र निम्न वर्गका छन् उनिहरु लैगिंक हिंसामा परेको बताउनु भएको छ । वहाले, अहिले कोरोनाको कारण भएको लकडाउनले गर्दा जताततै महिला र बालबालिकाले हिंसा व्यहोर्नु परेको बताउनु भएको छ ।

महिला सशक्तिकरण श्रोतकेन्द्रको आयोजना, जनता माध्यमिक विद्यालय, जोगिदह, वडाकार्यलय १ र २को सहकार्य, मेरिस्टोप सेनटर, यु.एन.एफ.पिए र अस्ट्रिलियन एड साथै सुनौलो परिवार नेपालको सहयोगमा आयोजना गरिएको बतृत्वकला प्रतियोगिता महिला सशक्तिकरण श्रोतकेन्द्रको उपाध्यक्ष माया भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रदेश माननीय अम्बिका थापा, उपमेयर देवि चौधरी, त्रियुगा नगरपालीका वडानम्बर १का वडाध्यक्ष मनोज कुमार चौधरी, वडा सदस्य उमाकान्त चौधरी, त्रियुगा नगरपालीका वडानम्बर २का कार्यबाहक अध्यक्ष मनकुमारी वि.क., गैरसरकारी संस्था महासंघका केन्द्रिय सल्लाहाकार सृजना दनुवार, संगम पुस्तकालयका अध्यक्ष भरत खड्का, नेपाल पत्रकार महासंघका उपाध्यक्ष भोटराज राई, महासंघका पुर्व अध्यक्ष महेश्वर चाम्लीगं, व्याटमिन्टन संघका जिल्ला अध्यक्ष शम्भु प्रसाद शर्मा, तरुल दलका जिल्ला उपाध्यक्ष गौरि नारायण चाधरी, टोलविकासका अध्यक्षहरु, अभिभावक, विद्यार्थीको उल्येख्य सहभागिता रहेको थियो ।

यो दिवस अग्रेजी महिना नोभेम्बर २५ देखि डिसेम्बर १०सम्म र नेपाली महिना २०७७ मंसिर १० देखि मंसिर २५सम्म जम्मा १६ दिनसम्म मनाईन्छ ।