मोतिगडामा क्रिष्टिना सावुन उधोग खुल्यो

0
330

मोतिगडा । उदयपुरको मोतिगडामा क्रिष्टिना सावुन उधोग खुलेको छ । त्रियुगा नगरपालिका वडा नम्वर ३ क्याम्पस गेट निजिक स्थानिय स्तरमै लुगा धुने सावुनको उधोग खुलेको छ । उदयपुर जिल्लामै पहिलो पटक स्थानिय स्तरमा लुगा धुने सावुनको उधोग संचालनमा आएको हो ।

सोमवार विजया दशमीको अवसर पारेर त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले उधोगको उद्धघाटन गरे संगै संचालनमा आएको हो । मेयर चौधरीले रिवन काटेर उधोगको उद्धघाटन गरेका हुन् । मेयर चौधरीले व्यवसायिक सफलताको शुभकामना दिदै युवाहरु वैदशिक रोजगारी भन्दा गाउँ घरमै उधमशिलतामा लागेको देख्न पाउँदा खुसी लागेको बताए ।उधोगमा केहि युवाहरुले रोजगारि पनी पाएको मेयर चौधरीले बताए ।

स्थानिय सानु चौधरी खिलेन्द्रले वैदशिक रोजगार वाट र्फकेर आफनै ठाउँमा सावुन उधोग संचालनमा ल्याएको हो । चौधरी वैदशिक रोजगारिका लागी दुवै र मलेशिया गएका थिए । अर्काको देशमा दिन रात काम गर्नु भन्दा आफनै गाउँ घरमा केहि उधम र मेहनत गर्छु भनेर र्फकेर आएका चौधरीले आफनो निजी लगानी २३ लाख लागतमा उधोग संचालनमा ल्याएको छ ।

उधोगमा १ घन्टामा १ सय देखि ३ सय केजि सम्म सावुन उत्पादन गर्ने क्षमता रहेको छ । उधोगमा ६ जना युवाहरुले रोजगारी पाउने उधोगमा संचालक चौधरीले बताए ।