उदयपुरको त्रियुगामा राष्ट्रिय स्तरको थारु संग्रहालय बनाउनु पर्नेमा जोड  

0
341

डिएन खोहरिया थारु । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर १२ बिसनपुरमा राष्ट्रिय स्तरको थारु संग्रहालय बनाउनु पर्नेमा थारु अग्रज अगुवाहरुले जोड दिएका छन् ।

बुधवार थारु कल्याणकारणी सभा उदयपुरको आयोजनामा भएको छलफलमा सो बिषयमा जोड दिएका हुन । पछिल्लो समय उदयपुरको बेल्हामा स्थापना भएको थारु संग्रहालयको विषयमा रेडियो उदयपुर संगै अन्य संचार माध्यमहरुमा समचारहरु संम्प्रशेण भए पछी यती वेला उदयपुरमा संग्रहालयको चासो र चर्चाको विषय बनेको छ । बेलका नगरपालिकाको बेल्हामा संग्रहालयको स्वरुप मात्र भएकोले जिल्लाको सदरमुकाममा राष्ट्रिय स्तरको संग्रहालय स्थापना हुनुपर्नेमा छलफल तथा बहस भइरहेको छ ।

छलफलमा सहभागीहरुले संग्रहालयको लागी रैणनैतिक योजना सहित डिपिआर गरेर काम गर्नु पर्ने बताएका छन् । थारु बुद्धिजिविहरुले संग्रहालयमा थारु जातीको जन्म देखि मृत्यु सम्म प्रयोग हुने समाग्रीहरु समावेश गर्नुपर्ने बताए । थारु समुदायको मौलिक ,पौराणिक परम्परा लोप हुदै गएकोले संग्रहालयको माध्यम वाट संरक्षणमा जोड दिनु पर्ने बताए ।

थाकस उदयपुरका संरक्षक तथा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले थारु संग्राहलयलाई समुदायको रिर्सच सेन्टरको रुपमा संचालन गर्ने उद्धेश्यले स्थापना हुनेपर्ने योजना अगाडी बढाएको बताए । उनले भने, संग्रहालयमा सांस्कृतिक समाग्रीहरु संगै थारु समुदायको चित्रण गर्ने वास्तविक थारु समुदायले प्रयोग गद्रै आएको मौलिक परम्परा समाग्रीहरु सुचिकृत गर्नु पर्ने बताए ।

थारु अध्ययन विदयालय,थारु गित,संगित पाठशाला र थारु पुस्तकालय सहितको भवन निमार्ण गरी संग्रहालयको स्थापना गर्नु पर्ने योजनामा अझै वृहत घलफल गर्नु पर्ने बताए । नगरपालिकाको स्वमित्वमा रहेको जग्गा संग्रहालयको नाममा दिने कार्यपालिका समितीले निर्णय गरिसकेको बताए । मेयर चौधरीले २०७६ शाल माघ १ गते थारु सग्रहालयको सिल्यानास गरेका थिए ।

यस्तै प्रदेश १ सभा सदस्य सुनिता चौधरीले थारु कला संस्कृति लोप हुदै गएकोले संरक्षणमा जोड दिनु पर्ने बताईन । उनले संग्रहालयको लागी संदिय कोष वाट १० लाख आफुले दिएको बताइन् ।

यस्तै त्रियुगा नगरपालिकाका उपप्रमुख देवि चौधरीले उदयपुरको त्रिजुगा बेल्टमा थारु जातीले पहिचान वोकेको हुनाले थारुको इतिहास खोज्न जरुरी रहेको बताइन् । प्रतेक गाउँमा थारुको सभ्यता र पहिचान जोडिएको उनले बताइ्न । थारुको भाषा,धर्म कला संस्कृति संरक्षणका लागी आफु जन प्रतिनिधीहरु तत्पर त्यार रहेको बताइन् ।थाकस जिल्ला सभापती शिकान्त चौधरीको अध्यक्षतामा भएको छलफल वाट जयराम पंजियारको संयोजकमा ५ जना संग्रहालय व्यवस्थापन समती गठन गरिएको छ ।

छलफलमा थारु समुदायको आर्थिक,समाजिक,शैक्षिक र साहित्यक बिषयमा समेत छलफल गरिएको थियो । छलफलमा उदयपुरका थारु बुद्धिजिवी,थारु अगुवा ,जनप्रतिनीधी,समाजसेवी र युवाहरुको सहभागीता रहेको थियो ।