उदयपुर । उदयपुरको रौतामाई गाउँपालिकामा विहिबार ३० औ अन्र्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाईएको छ । ज्येष्ठ नागरिक सँग अनुभव आदान प्रदान तथा सम्मान कार्यक्रम गरि दिवस मनाइएको हो ।दिवसका अबसरमा रौतामाई गाउँपालिकाका ८ वटै वडाका सबैभन्दा बृद्धबृद्धा ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप दोसल्ला ओडाएर तातो पानी राख्ने भाडो (थर्मस)वितरण गरिएको छ ।
Pandemics : Do They Change How We Address Age and Ageing ? भन्नेमूल नाराका साथ रौतामाई गाउँपालिकामहिला, बालबालिकातथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा भएको कार्यक्रममा१७जनाज्येष्ठ महिला र पुरुषलाई सम्मानगरिएको हो ।
सम्मानितहुनेहरुमा १ नंम्बर वडाका १सय८ वर्षिय उदिमानतामाङ, ९२ वर्षिय चन्द्रमाया बस्नेत, २ नम्बर वडाका ९१ वर्षिय सहमाया परियार, ८८ वर्षिय भक्तबहादुर मगर, ३ नम्बर ८९ वर्षिय धर्मध्वज बराल, ९० वर्षिय तिर्थमाया राई, ४ नम्बर वडाका ९२दलबहादुर सारु मगर, ९६ वर्षिय पृथ्वीसरी राई रहेको छन ।
यसैगरी ५ नम्बर वडाका ७४ वर्षिय जंगबहादुर लुङगेली, ८७वर्षिय बेदमायाखत्री, ६ नम्बर वडाका ९२ वर्षिय दिलबहादुर राउत, ९२ वर्षिय टंकमाया राउत, ७नम्बर वडाबाट सम्मानितहुनेहरुमा ९१ वर्षिय रत्नबहादुर लायो, ८५ वर्षिय मनमायाखत्री रहेका छन भने ८ नम्बर वडाका ९४ वर्षिय ईन्द्रमाया मगर र ९५ बर्षिय भक्तबहादुर मगर साथै ९५ वर्षिय विष्णु कुमारी मगर रहेका छन ।
सम्मानित हुने ज्येष्ठ नागरिकहरुमध्ये ७जना ज्येष्ठ नागरिकलाई कार्यक्रममैसम्मानगरिएको थियो भने बाकीउपस्थितहुननसक्नु भएका सम्मानितहुने ज्येष्ठ नागरिकहरुको सम्मान सामाग्री वडा जनप्रतिनिधि तथा कर्मचारीहरु मार्फत घरैमा पु¥याईदिने बताईएको छ ।
हाम्राअमूल्य सम्पती, ज्ञान र अनुभवका भण्डार, ज्येष्ठ नागरिकहरुको आत्मा सम्मानका साथै उनीहरुमा भएको अनुभवलाई नयाँ पुस्तासम्म पु¥याउनकालागि स्वय ज्येष्ठ नागरिक र उनीहरुका संरक्षणको समेत सहभागितामासम्मान कार्यक्रम राखिएको महिला, बालबालिकातथा ज्येष्ठ नागरिक शाखाका प्रमुख बविता परियारले जानकारी दिईन ।
परियार भन्छिन “ज्येष्ठ नागरिकहरुलाई हामीले २ हजार बरावरको सामाग्रीदिएकाहौं तर ज्येष्ठ नागरिकहरुले आफ्ना अनुभव, भोगाई सुनाउने ठाउँ पाउदा मात्र पनि उहाँहरुको अनुहारमा देखीएको खुसी र हामीलाई दिएको आर्शिबाद सायदै अन्त पाईन्छ ।”
ज्येष्ठ नागरिकलाई आफ्नो हैसियततथा ईज्जतअनुसार पालनपोषण तथा हेरचाहगर्नु परिवारका प्रत्येक सदस्यको कर्तव्य हो तरपनि पछिल्ला दिनहरुमा परिवार तथा समाजबाट नै वृद्धवृद्धाहरु अपहेलित हुने क्रम बढेको भन्दै सर्वत्र चासो र चिन्ता समेत प्रकट हुनथालेको छ ।
ज्येष्ठ नागरिकको पालनपोषण वा हेरचाहनगरेकोअवस्थामा ज्येष्ठ नागरिकले सम्बन्धीत गाउँपालिका वा नगरपालिकाको वडा अध्यक्ष समक्ष उजुरी दिने व्यवस्था ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ माउल्लेख गरिएको छ ।
ऐनमा ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारी साधन, सार्वजनिक कार्य, स्वास्थ्य सेवा, धार्मिक तथा सार्वजनिक स्थलमाआबश्यक सेवा सुविधा र सहयोग प्रदानगर्दै औषधीउपचार तथायात्रु भाडा दरमा समेत कम्तीमा ५० प्रतिशत छुट पाउनेव्यवस्थागरिएको छ ।
रौतामाई गाउँपालिका उपाध्यक्ष कुमारी ज्यू ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा ज्येष्ठ नागरिकहरुले आफ्ना भोगाई अनुभव सुनाएकाथिए । साथै अन्यपालिकाहरुमा ज्येष्ठ नागरिकहरुको क्षेत्रमा भएका राम्राकामहरुको पनिउदाहरण प्रस्तुतगरिएको थियो ।
ज्येष्ठ नागरिकहरुलाई यात्रु भाडा र औषधीउपचारमा राज्यले दिएको ५० प्रतिशत छुटको व्यवस्था कार्यन्वयन नभएको गुनासो गर्दै यसका लागि पालिकाले सरोकारवालाहरुसँग समन्वयगरि कार्यन्वयनमा ल्याउनआग्रह गरेको थिए ।
साथै ज्येष्ठ नागरिकहरुका लागि दिवा सेवा केन्द्र, हेरचाह केन्द्र रौतामाई गाउँपालिकाका विभिन्न ठाउँहरुमा आश्यकत्ता रहेको औलाउदै सम्बन्धितनिकायसम्म पु¥याईदिन अनुरोध गरेका छन । कार्यक्रममा उठेका सवालाहरुको विषयमाबोल्दै पालिकाउपाध्यक्षकुमारी ज्यू ठकुरीले ज्येष्ठ नागरिकहरुकाआबश्यकता र मागलाई संम्बोधन गराउनकालागिआफु लागि पर्ने प्रतिवध्द्धता व्यक्त गर्नुभएको थियो ।
ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमापुहँचपुर्याउने उदेश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ माअन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउदै आएको छ ।
नेपालमाभने विगत ३० वर्षदेखी यो दिवस विविध कार्यक्रमगर्दै मनाउने गरेको पाईन्छ । नेपालमा ६० वर्ष उमेर पुगेका नागरिकलाई ज्येष्ठ नागरिक भनिन्छ । अन्तरिम संविधान २०६३ ले समेत बृद्धबृद्धालाई संरक्षण र उन्नतिको लागि सामाजिक सुरक्षा प्रदान गर्ने अठोट गरेको थियो भने नेपालको संविधान २०७२ को धारा ४१ मा“जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हकहुनेछ” भनि उल्लेख गरिएको छ ।
ज्येष्ठ नागरिकहरुमा सामाजिक सुरक्षाको अवधारणा लागु गर्ने सन्दर्भमावि.स. २०५१ सलामास्वर्गीय मनमोहनअधिकारी प्रधानमन्त्री भएका बेला बृद्धबृद्धालाई मासिकभत्तावितरण गर्ने कार्यक्रमशुरु गरिएको थियो । यसलाई नै सवै भन्दा प्रगतिशिल कदम भएको मानिन्छ ।