अपराधिक घटना नियन्त्रणको माग गर्दै उदयपुरमा धर्ना

0
279

उदयपुर । महिला माथिका अपराधिक घटना दिनदिनै बढ्दासमेत राज्यका जिम्वेवार निकाय र उच्चपदस्थ व्यक्ती संम्बेदनशिल बन्न नसकेको भन्दै शुक्रबार उदयपुरको सदरमुकाम गाईघाटमा एक घण्टा धर्ना दिइएको छ । मौनता तोडौं बलात्कार र लैङिगिक हिंसा विरुद्ध राष्ट्रिय अभियान अन्तर्गत शुत्रवार पहिलो दिन गाईघाटमा धर्ना दिएका हुन ।

नेपाल प्रहरीको पछिल्लो तथ्यांकले नै बालिका, किशोरी, महिलामाथि बलात्कार, बलात्कार पछि हत्या, लैगिंक हिंसकाका घटना निकै बढ्ेको देखाएपनि यस प्रति जिम्वेवार निकायले सम्बेदनशिल रुपमा हेर्न नसकेको भन्दै सामाजिक अभियन्ताहरुले धर्ना दिएका हुन् ।

महिलाको क्षेत्रमा कृयाशिल ओरेक नेपाल, महिला शसक्तिकरण श्रोत केन्द्र र सामुदायिक रेडियो उदयपुरको आयोजनामा भएको उक्त कार्यक्रममा जिल्लाका सामाजिक अभियन्ताहरुले लोकतान्त्रिक चौकमा उभिएर एक घण्टा धर्ना दिँदै सरकारको खवरदारी गरेका हुन् ।

उनीहरुले बन्दाबन्दी समय (पछिल्लो ६ महिना)मा प्रहरीको तथ्यांकले नै एक हजार दुई सय २१ वलात्कारका घटना दर्ता भएको देखाउँदासमेत जिम्वेवार निकाय संम्बेदनशिल हुन नसकेको आरोप लगाएका छन् ।

तथ्यांकले दैनिक सात वटा बलात्कारको घटना रहेको र यो ६ महिनामा लैगिंक हिंसाकाकारण ४७ महिलाको हत्या भएको देखाएको छ ।

बन्दाबन्दीको समयमा न्यायिक निकाय र सेवाप्रदायक संस्थाहरुमा पहुँच हुन नसकेको बेलामा धेरै घटनाहरु समाज र सञ्चार माध्यम मार्फत सार्वजानिक भएको तर उजुरी प्रकृयामा नगएको वा जान नदिएको घटनाले सबैलाई मर्माहत बनाएको ओरेकका जिल्ला कार्यक्रम संयोजक सुनिता मैनालीले बताउनुभयो ।

ओरेकको अभिलेखिकरणमा वैशाखदेखि भदौसम्म भएका तीन सय १९ बलात्कारका घटनामध्ये ७५ प्रतिशत प्रभावित दुईदेखि १८ बर्ष मुनीका बालबालिका रहेको उहाले कताउनुभयो । त्यसमध्ये झण्डै ९० प्रतिशत घटना परिचित व्यक्तिबाट घर, छिमेक आफ्नै समादायमा भएका छन् ।

महिला तथा किशोरीका लागि घर तथा समुदाय दुबै सुरक्षित नभएको राज्यका निकाय र सरोकारवाला निकायहरुको तथ्यांक र अनुभवले बताउने गरेको ओरेक केन्द्रिय कार्यालयका वरिष्ठ कार्यक्रम संयोजक सविता पोखरेलले बताउनुभयो ।

बलात्कारपछिको अल्पायूमा आफ्नो ज्यान गुमाएका बालिकाहरुको उदाहरण दिँदै उनले भनिन्, ‘जघन्य अपराधका यस्ता मुद्दामासमेत देखिने मौनताको संस्कृति, पीडकलाई नै पंक्षपोषण गर्ने प्रवृति र सहयोगी समुहलेसमेत दवाव र प्रभाव पार्नु पीडित थप पीडित हुनु हो ।

बलात्कृत महिला र किशोरीले घटना पछि भोग्ने शारिरीक, मानसिक, सामाजिक तथा घरेलु हिंसा र विभेदको विश्लेषण गर्न राज्य अझै चुकेको उहाले बताउनुभयो । त्यस्तै रेडियो उदयपुरका स्टेशन मेनेजर बन्दना दनुवारले पीडितलाई दवाव, प्रभावमा पार्नु र अपराधिलाई पंक्षपोषण गर्ने गरी घटनालाई अघि बढाउने प्रवृतिले बलात्कार जस्तो जघन्य अपराधले अझ प्रसय पाएको बताउनुभयो ।

उहाले सरकारबाट कानुनमा परिवर्तन, दु्रतन्याय प्रणाली, हदम्याद बढाउने निर्णय, महिला हिंसा विरुद्धको बर्ष मनाउने लगायतका निर्णय र पछिल्ला समयमा चालेका कदमहरु सकारात्मक भएपनि बलात्कार घटना बढ्नु र पीडितले न्याय प्राप्त गर्ने वातावरणमा अझै सहज नहुनुले समाजलाई अझ अन्धकारतर्फ धकेलेको आभाष भएको बताउनुभएको छ ।

कार्यक्रममा आयोजक संस्थाले शक्तिको आडमा गर्ने शोषण, असमान शक्ती दमन, हिंसा लगायत सबैखाले विभेदको अन्त्य गरी शक्तिसम्बन्धमा रुपान्तरण गर्नु पर्ने, अपराधको ढाकछोप, संरक्षण गर्ने परिपाटीले अपराधीको मनोवल उच्च रहने भएकाले कानुनको पुर्ण पालन गरी दण्डहिनताको अन्त्य गर्नु पर्ने, झन्झटिलो न्याय प्रणालीको अन्त्य गर्दै यस्ता घटनालाई उच्च प्राथामिकतामा राख्दै दु्रत न्याय प्रणाली कार्यान्वयन गर्न माग गरिएको छ ।

त्यसैगरी न्यायलाई सामाजिक न्यायको अवधारणाको आधारमा व्याख्या गर्नु पर्ने, विभेदित सामाजिक संरचनागत रुपान्तरण गरी हिंसाविरुद्ध शुन्य सहनशीलता सुनिश्चितता गर्नु पर्ने, पीडित र परिवारलाई राजनीतिक दवाव दिने पीडकलाई संरक्षण गर्ने कार्यलाई अपराधिकरण गरी प्रभावितलाई सुरक्षित, सम्बेदनशिल, दिर्घकालिन र पहुँचयुक्त सहयोगी संम्यन्त्रको विकास गर्न माग गरिएको छ ।

Appeal_letter_campaign