उदयपुरको बेल्हामा थारु संग्रहालय स्थापना (फोटो फिचर सहित)

0
328

डिएन चौधरी,उदयपुर । उदयपुरको बेलका नगरपालिका वडा नम्वर २ बेल्हामा थारु संग्रहालय खुलेको छ । उदयपुरको सदरमुकाम गाईघाटमा थारु संग्रहालय स्थापना गर्ने भनिए पनी अहिले सम्म संग्रहालयको लागी भवन समेत बन्न सकेको छैन । तर बेलका नगरपालिका २ बेल्हामा नगर स्तरिय थारु उत्थान विकास समितिको सकृयतामा संग्रहालयको भवन निमार्ण भई स्थापना हुन सफल भएको छ ।

नगर स्तरिय थारु उत्थान समितीवाट ४ लाख र प्रदेश न.१ निर्वाचन क्षेत्र विशेष कार्यक्रम वाट ४ लाख ९३ हजार सहयोगमा निमार्ण गर्न सफल भएको संग्रहालयका अध्यक्ष मिश्री कान्त चौधरीले बताए ।

थारु जातिको कला संस्कृति, रितिरीवाज, परम्परा, भाषाको ज्ञानसँगै थारु जातिको जीवनशैली झल्काउने उद्धेश्यले निमार्ण गरिएको संग्रहालयका संरक्षक सदस्य नन्दिलाल चौधरीले बताए । उनका अनुसार  संग्रहालयमा अहिले थारु जातीको मौलिक,पौराणिक र सास्कृतिक झल्कने ८० प्रतिशत जती समाग्रीहरु राखि सकेको बताए ।

थारु जातीमा जन्म देखि मृत्यु सम्म प्रयोगमा आउने समाग्रीहरु सुचिकृत गरिने बताए । उनले कोशी टप्पु बन्यजन्तु आरक्षण नजिकै रहेको र बेल्हा २ मा तपेश्वरी मध्यवर्ती सामुदायिक हेम स्टे पनी संचालनमा रहेकोले पर्यटनको प्रचुल सम्भावना बोकेको बताए ।

कोभिड १९ को कारणले गर्दा संग्रहालयको उद्धघाटन गर्न नसेके पनी छिटै उद्धघाटन गरी थारु संग्रहलयलाई पुर्ण रुपमा संचालनमा लियाउने तयारीमा रहेको बताए ।

यस्तै बेलकामा उप प्रमुख राजकुमारी चौधरीले संग्रहालयलाई अझै व्यवस्थीत स्तरीय बनाउनमा जोड रहेको बताइन् । उनले उदयपुरमा मात्र नभई छिमेकी जिल्ला सिरहा,सप्तरी ,सुनसरी पनी थारु संग्रहालय पहिलो भएको बताइन् ।

साँस्कृतिक संग्रहालयमा थारु समुदायले प्रयोग गर्ने विभिन्न कपडा, चाँदीका गहना, पैसा, काठका चप्पल, माटाका भाँडा, ढकिया, गुन्द्री, जोत्न र खन्नलाई प्रयोग गरिने औजारहरु अदी राखिएको छ ।