बेहड्वा थारु होम स्टे गाउँ पर्यटन प्रबर्द्धन पुरस्कार २०८० बाट सम्मानित

0
154

उदयपुर । बेहड्वा थारु होम स्टे गाउँ पर्यटन प्रबर्द्धन पुरस्कार २०८० बाट सम्मानित भएको छ ।
गाउँ पर्यटन प्रबद्र्धधन मन्च नेपालले उत्कृष्ट गन्तव्य गाउँ पुरस्कार उदयपुरको बहेडवा थारु सामुदायिक होम स्टेलाई प्रदान गरेको छ ।

समितले प्रदान गर्दै आएका पुरस्कार यो वर्ष बहेडवा थारु सामुदायिक होम स्टेलाई दिने निर्णय गर्दै आफ्नो मौलिक बाजा तथा संस्कृति सहित पुरस्कार ग्रहणको लागि पत्र गरेका थिए ।

राष्ट्रिय सभाका अध्यक्ष माननीय नारायण दाहालको प्रमुख अतिथि चैत्र १७ गते काठमाडौमा साधारणसभा सम्पना भएको थियो । सोहि सभामा होमस्टेका तर्फबाट प्रभा कुमारी चौधरीको समुह कार्यक्रममा सहभागी भएका थिए ।

चौधरीका अनुसार गाउँ पर्यटन प्रवर्धन मञ्च नेपालका पूर्व अध्यक्ष तथा शिव लामिछानेको नेतृत्वको टोलिले यो वर्षको पुरस्कारको लागी सिफारिस गरेको जनाए । पछिल्लो समय बेहड्वा थारु हामे स्टे त्रिनपा १३ उत्कृष्ट गन्तव्य गाउँको रुपमा समेत परिचित छ ।