उदयपुर । उदयपुरमा लागूऔषधका फरार प्रतिवादी सात वर्षपछि पक्राउ परेका छन् । शनिबार लागूऔषधमा फरार प्रतिवादी त्रियुगा नगरपालिका ७ हाल त्रियुगा नगरपालिका ३ बस्ने २७ वर्षिय राजकुमार चौधरीलाई करिव ७ वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका एसपी भिम प्रसाद दाहालले बताउनुभयो ।
उनले २०७० साउन ४ गते घर कोठामा लुकाई छिपाई राखेको लागूऔषध नाईट्रजान ट्याबलेट १ हजार ७ सय, कोरेक्स ५ बोतल र गाँजा ३ सय ग्राम बरामद भएपनि वारदात स्थलबाटै फरार रहेका थिए ।
फरार प्रतिवादीलाई निजकै घरबाट पक्राउ गरी लागू औषध मुद्दामा अनुसनधान भई रहेको प्रहरीले जनाएको छ ।