उदयपुर । जबरजस्ती करणी गरेर फरार प्रतिवादीलाई प्रहरीले ३ वर्षपछि आज विहान घरबाटै पक्राउ गर्न सफल भएको छ । २०७४ कार्तिक २८ गतेदेखि फरार प्रतिवादी त्रियुगा नगरपालिका ३ बस्ने २० वर्षिय संजय सदा ३ वर्षपछि पक्राउ परेको छ ।
उनी विरुद्ध जिल्ला अदालत उदयपुरले जबरजस्ती करणी मुद्दामा ७ बर्ष ६ महिना २४ दिन कैद र रू दश हजार जरिवना तोकेको छ ।
उनलाई आजै जिल्ला अदालत उदयपुरमा फैसला कार्यन्वयन गर्नको लागि पठाएर कारागर चलान गरेको छ ।