सयपत्री क्लबको आयोजना रक्तदान कार्यक्रम

0
263

कालाबन्जर ।सयपत्री क्लब बराहक्षेत्र ५ कालान्बन्जरले रक्तदान कार्यक्रम गरेको छ । वराहक्षेत्र वर्डा न ५ को कार्यालय प्राङ्गणमा गरेको उक्त कार्यक्रमम ४२ प्रीन्ट रगत संकलन भएको संस्थाका सचिव प्रदिप चौधरीले बताए । रक्तदान गर्नेमा स्थानीय ४० पुरुष र २ महिला रहेका छन् ।

मानिसको जीवन रक्षाका लागि रगत अत्यन्तै आवाश्यक वस्तु हो । रगत अभाबमा कसैले पनि ज्यान गुमाउनु नपरोस भन्ने उदेश्यले क्लबले रगत संकलन कार्य शुरु गरेको संस्थाका अध्यक्ष दयाराम चौधरीले बताए ।

बिगत मा सास्कृतिक काम गर्दै आएको यस क्लबले यस पटक बाट शुरु गरेको रक्तदान कार्यक्रम आगामी बर्षमा पनि निरन्तरता दिने अध्यक्ष चौधरीले बताए । रक्तदान संकलन बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरुको सहयोगमा भएको हो ।