उदयपुरमा चट्याङले लागेर एकको मृत्यु, दुई घाइते

0
358

उदयपुर । उदयपुरमा आज विहान साढे ८ बजेको समयमा पानीसँगै परेको चट्याङले लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
चट्याङले लागेर त्रियुगा नगरपालिका १३ असारीका ४५ बर्षिय कानुन चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमप्रसाद दाहालले जानकारी दिनुभयो ।

चट्याङले घाइते चौधरीलाई उपचारको लागि जिल्ला अस्पताल पुर्याएपछि चिकित्सकले मृत्यु घोषणा गरेका थिए ।यस्तै सोही वडाको भातिखर्ककी ३१ बर्षीय अनिता खड्का घाईते भएकी छिन । उनको खुट्टाको केहि भाग जलेको छ ।

दुबै जना खेतमा काम गर्दै गरेको अवस्थामा चट्याङ्गले लागेको प्रहरीले जानकारी दिएका छन् । घाइते खड्काको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनको हाल जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको छ ।यस्तै चट्याङ्ग सोही वडा जोगी पोखरी स्थित मिन्द्र बहादुर मगरको ६१ वर्षिय बृद्ध तिर्थमाया मगर घाइते भएका छन भने उनले संचालन गरेको बंगुर फर्ममा रहेको ६ वटा बंगुर मरेको छ । बंगुर मरी अन्दाजी ७० हजार बराबरको क्षति भएको छ ।