त्रियुगा नगरपालिकाको बजेट १ अर्व २ करोड ७ लाख

0
293

उदयपुर । त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ को बजेट तथा नीति कार्यक्रम आज पाँचौ नगर सभामा पेश गरेको छ । ‘पाँचौं नगरसभाले नगर प्रमुख बलदेव चौधरीद्वारा आर्थिक वर्ष ०७७÷७८ का लागि अनुमानित शसर्त अनुदान तर्फ ४७ करोड ७९ लाख गरी १ अर्व २ करोड ७ लाख ९६ हजार ६ सइ ४९ रुपैया ८८ पैसाको बजेट नीति तथा कार्यक्रम ल्याउन लागेको हो ।

आम्दानीमा वित्तीय समानीकरणमा २१ करोड १ लाख रहेको छ । राजश्व वाँडफाँडमा १६ करोड ३ लाख २७ हजार ७१ रुपैया रहेको छ । यस्तै राजश्व बाँडफाडकै प्रदेश सरकार वित्तीय समानीकरणमा ८४ लाख ८२ हजार अनुमानित बजेट विनियोजन गरेको छ । आन्तरिक आयतर्फ नगरपालिकाले यो वर्ष ९ करोड ३७ लाख ४१ हजार विनियोजन गरेको छ । प्रदेश सरकार सवारी साधन करबाट १ करोड ७० लाख २८ हजार रहेको छ ।

यस्तै साना सिचाई कार्यक्रम अन्तर्गत १ करोड ६८ लाख १८ हजार, ५ सय ७८ रुपैया ८८ पैसा, सडक बोर्ड तर्फ ५० लाख, श्रममूलक कार्यक्रम (शहरी शासकिय क्षमता तथा पूर्वाधार सुधार आयोजना) तर्फ १ करोड ५० लाख नगर सभामा प्रस्तुत गरेको छ ।
यस्तै समपुरक अनुदान तर्फ ६४ लाख, प्रदेश समपूरक तर्फ १ करोड विनियोजन गरेको छ ।

यसैविच कार्यक्रममा त्रियुगा नगर गानका रचनाकार लेखक सम्मानित भएका छन् । त्रियुगा नगरपालिकाको ५ औँ नगरसभाले खिला घिमिरेलाई सम्मानित गरेको हो । घिमिरेलाई नगरपालिकाले ५१ हजार १ सय ५१ रुपयाँको चेक सहित कदर पत्रले सम्मान गरेको हो ।